Wednesday, August 5

बिज्ञान प्रबिधि

जहाजमा पुरै सीटमा बस्नेछन् यात्रु, उडान संख्या भने घट्ने

जहाजमा पुरै सीटमा बस्नेछन् यात्रु, उडान संख्या भने घट्ने

Posted in बिज्ञान प्रबिधि
८ साउन, काठमाडौं । सरकारले १ भदौबाट राष्ट्रिय–अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्ने अनुमति दिएपछि वायुसेवा कम्पनीहरुले टिकट बुकिङ खुला गरेका छन् । तर हवाई यात्रा पहिलाभन्दा केही झण्झटिलो हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु, वायुसेवा प्रदायक कम्पनी र विमानस्थल संचालनका दौरान पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा निर्देशिका बनाएर सार्वजनिक गरिसकेको छ । निर्देशिका पालना प्रभावकारी बनाउन र पहिलो चरणमा खुला गर्ने गन्तब्यहरु तय गर्न एउटा समितिले काम गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । उनकाअनुसार यो समितिले कुनकुन गन्तव्य पहिलो चरणमा खुला गर्ने भन्ने सिफारिस गर्नेछ र, त्यही आधारमा उड्डयन प्राधिकरणले निर्णय लिनेछ । पुरै सीटमा यात्रु राखिने उपमहानिर्देशक क्षेत्रीका अनुसार पहिरो चरणमा सिमित गन्तब्य खोल्ने तयारी छ । तर खुलेका गन्तब
टेलिकमले ल्यायो हराएको मोबाइल पत्ता लगाउने प्रविधि यस्तो छ तरिका!

टेलिकमले ल्यायो हराएको मोबाइल पत्ता लगाउने प्रविधि यस्तो छ तरिका!

Posted in बिज्ञान प्रबिधि
काठमाडौं- मोबाइल फोन भेटिएको छ भने त्यसलाई प्रयोग गर्न नमिल्ने र त्यसलाई बेच्न पनि नहुने जानकारी नेपाल दूरसञ्चार प्राधिकरणले दिएको छ।हरेक मोबाइल फोन सेटमा रहेको आईएमईआई नम्बरबाट तुरुन्तै सेटको पहिचान गर्न सकिने व्यवस्था गरिएको हुन्छ। हरेक मोबाइल फोन सेटमा रहेका यस्तो नम्बर प्राधिकरणसँग पनि रहेको हुनाले सोही नम्बरबाट हराएको मोबाइल फोन कसैले प्रयोग गरेमा मोबाइल ट्रयाकिङ गरी सहजै पत्ता लाग्ने भएकाले सो सेटलाई प्रयोग नै गर्न नहुने प्राधिकरणको भनाइ छ। प्राधिकरणको सिफारिशमा मात्र नेपालमा मोबाइल फोनसेटहरु आयात गरिने भएकाले आयात भएका र प्रयोगमा आएका सबै मोबाइल फोन सेटको रेकर्ड प्राधिकरणसँग हुन्छ।कुनै पनि व्यक्तिको हराएको मोबाइल फोनसेटलाई प्राधिकरणको वेबसाइटमा उपलब्ध वेब लिंकमार्फत निवेदन दिन सकिने उल्लेख छ। प्राधिकरणले कसैले मोबाइल फोनसेट भेट्टाएको अवस्थामा तुरुन्त जसको फोनसेट हो सोही व्य
वैज्ञानिक कारणः साउनमा किन माछामासु नखाने, किन उपवास बस्ने ?

वैज्ञानिक कारणः साउनमा किन माछामासु नखाने, किन उपवास बस्ने ?

Posted in बिज्ञान प्रबिधि
साउन महिना, धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना । यो महिनामा केही धार्मिक पर्वहरु पनि पर्छ । यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो । पूर्विय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिंगमा जल अर्पण गर्ने गरिन्छ । धार्मिक मान्यता के छ भने, साउनको सोमवार व्रत बस्ने र शिवलिंगमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ । भलै अहिलेका पुस्तालाई यी कुरा भलै धार्मिक आडम्बर लाग्न सक्छ । वा यो केवल परम्परा मात्र लाग्न सक्छ । तर, धार्मिक परम्परासँग जोडिएर आएका यी कुराहरुसँग विज्ञान पनि जोडिएर आएको छ । साउन महिनामा किन शिवको पूजा गरिन्छ, किन उपवास बसिन्छ, किन वोलवल धाउन गरिन्छ ? यी सबैको वैज्ञानिक तर्क दिन सकिन्छ । साउन महिना, जो मध्य बर्षायामसँगै जोडिएर आउँछ । असारको चटारो सक्न नभ्याउँदै साउन महिना आ
नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने

नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने

Posted in बिज्ञान प्रबिधि
काठमाडौँ । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए। आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए। वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘डिभाइस’को प्रयोग गरेर वाईफाई सुविधा उपलब्ध गराउने टेलिकमको योजना छ । टेलिकमलाई उपलब्ध आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरेर वाईफाई उपलब्ध गराइने कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिए। कम्पनीले वाईफाईसँगै फिक्स्ड टेलिफोन सेवा पनि समाहित गरेर उपलब्ध गराउने तयारी गरेको छ । संस्थागत प्रयोगकर्तालाई फिक्स्ड टेलिफोन उत्तिकै आवश्यक र महत्त्वपूर्ण हुने भएकाले यससँगै त्यो
दाङको घोराहीमा फोहरबाट ग्यास उत्पादन हुँदै

दाङको घोराहीमा फोहरबाट ग्यास उत्पादन हुँदै

Posted in बिज्ञान प्रबिधि, रोचक, समाचार
नारायणपुर, २४ असार – दाङकाे घोराहीमा फोहरबाट ग्यास उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको छ । ग्यास उत्पादनका लागि भने अझै केही समय लाग्ने नेपाल ऊर्जा विकास कम्पनी प्रालिले जनाएको छ । यसै वर्ष असार महिनादेखि ग्यास उत्पादन गर्ने लक्ष्य लिइए पनि कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण उत्पादन ढिला भएको हो । ‘पूर्वाधार निर्माण सकिए पनि ग्यास उत्पादनका लागि आवश्यक पर्ने मेसिनरी सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले ढिला भएको हो’, प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले भन्नुभयो । अहिले सामान ल्याउनका लागि प्रक्रिया अगाडि बढाउन पहल गरिएको उहाँको भनाइ छ । भारतबाट सामान ल्याएर काम गर्न पाइएमा आगामी कात्तिक अन्तिम साता ग्यास उत्पादन शुरु हुने श्रेष्ठले जानकारी दिनुभयोे । शुरुका दिनमा संरचना निर्माण गर्दा उक्त स्थानमा रहेका रुख कटान तथा त्यसको व्यव
हावाबाट बिजुली उत्पादन भएपछि गाउँ बन्याे झिलिमिली

हावाबाट बिजुली उत्पादन भएपछि गाउँ बन्याे झिलिमिली

Posted in बिज्ञान प्रबिधि, समाचार
रामपुर, २३ असार । टुकी मात्र उज्यालोको माध्यम बनेको पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका ४, मित्याल क्षेत्रका बासिन्दाले हावाबाट उत्पादन भएको बिजुली उपभोग गर्न पाएका छन् । मित्यालमा दुई वर्षअघि नै परीक्षणका रुपमा हावाबाट एक हजार दुई सय वाट क्षमताको बिजुली निकालिएको थियो । अहिले मित्यालको रुक्सेभञ्ञ्याङमा सौर्यबाट १० र हावाबाट १५ किलोवाट बिजुली थपिएको छ । टुकीका भरमा दिनचर्या बिताउँदै आउनुभएका स्थानीयवासी झममाया सुनारी विद्युत् सेवा उपभोग गर्न पाउँदा खुशी व्यक्त गर्नुहुन्छ । उहाँले दुर्गम गाउँमा बिजुली बत्ती बाल्न पाइन्छ भन्ने कहिल्यै आशा नगरेको तर गाउँमै हावाबाट बिजुली उत्पादन गरी घर घरमा बाल्न पाउँदा अहिले गाउँ नै झिलिमिली बनेको बताउनुभयो । विद्युत् सेवा उपभोग गर्न पाएपछि यहाँका बासिन्दाको दिनचर्या सहज बनेको छ । स्थानीयस्तरमै हावाबाट निकालिएको विद्युत् सेवा मित्यालका काफल
४८ घण्टामा अन्तरिक्षबाट पृथ्वीतर्फ ठूलो खतरा आउँदै, के भन्छ नासा ?

४८ घण्टामा अन्तरिक्षबाट पृथ्वीतर्फ ठूलो खतरा आउँदै, के भन्छ नासा ?

Posted in बिज्ञान प्रबिधि
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले अबको ४८ घण्टामा एउटा खतरनाक घटनाक्रम आकाशमा देखिनसक्ने जनाएको छ। कोरोना महामारी विरुद्ध संघर्ष गरिरहेको विश्वको अगाडि नयाँ समस्या आउँने पो होकी भन्दै वैज्ञानिकहरू चिन्तित बनेका छन्। नासाका अनुसार एस्टेरोयड (एक ठुलो तारा) पृथ्वीतर्फ आएर खस्न लागेको छ। यो तारा पृथ्वीबाट करिब ६४ लाख किलोमिटर पर खस्ने नासाको अनुमान छ। तर, यदि दिशामा थोरै परिवर्तन भएमा खतराको सम्भाअन्तरीक्ष विज्ञानमा यो दूरी धेरै मानिदैन्। र कम पनि हैन्। यदि यो उल्कापिण्ड पृथ्वीमा खसेर कुनै बस्तुसँग ठोक्किए ठूलो दुर्घटना हुनसक्छ । सुनामी जान सक्ने वा कयौँ देश बवार्द हुन सक्ने बताइएको छ। विश्वकै अग्लो चुचुरो सगरमाथाभन्दा कयौँ गुणा ठूलो रहेको भनिएको यो तारा अप्रिल २९ सम्ममा खस्नेबारे नासाले डेढ महिना अघिनै खुलासा गरेको थियो। नासाका अनुसार ताराको तिब्रता ३१ हजार ३ सय १९ किलोमिटर प्रतिघण्टा रहे
कोरोना फैलन नदिन अब क्वारेन्टाइन जरूरी छैन – बेलायती वैज्ञानिक

कोरोना फैलन नदिन अब क्वारेन्टाइन जरूरी छैन – बेलायती वैज्ञानिक

Posted in बिज्ञान प्रबिधि
काठमाडौं – बेलायतका वैज्ञानिक प्राध्यापक पीटर पाएट कोरोना भाइरसको संक्रमण फैलन नदिन अब क्वारेन्टाइनको जरूरी नभएको बताएका छन् । इबोला र एचआईभीमा खोजका लागि विश्वमा नै चर्चित बनेका लन्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पाएटले सुरूवाती अवस्थामा क्वारेन्टाइन जरूरी भए पनि अव अवस्था फेरिएको बताएका छन् । अबको विकल्प २ मिनटरको भौतिक दूरी र सार्वजनिक स्थलमा अनिवार्य मास्कको ब्यवस्था उपयुक्त हुने उनको भनाई छ । बाहिरबाट आउने व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने मापदण्डलाई पनि बेलायतले तुरुन्त उनको सुझाव रहेको टेलिग्राफमा प्रकाशित समाचारमा उल्लेख छ । काठमाडौं – बेलायतका वैज्ञानिक प्राध्यापक पीटर पाएट कोरोना भाइरसको संक्रमण फैलन नदिन अब क्वारेन्टाइनको जरूरी नभएको बताएका छन् । इबोला र एचआईभीमा खोजका लागि विश्वमा नै चर्चित बनेका लन्डन स्कूल अफ हाइजीन एण्ड ट्रपि
बेलायतले ३०० जनामा कोरोना भ्याक्सिन परीक्षण गर्दै

बेलायतले ३०० जनामा कोरोना भ्याक्सिन परीक्षण गर्दै

Posted in बिज्ञान प्रबिधि
एजेन्सी, ११ असार । बेलायतले ३०० जनामा कोरोना भ्याक्सिन परीक्षण गर्ने भएको छ । २०७७ जनावरमा सफल भएपछि ३०० मानिसमा कोरोना भ्याक्सिन परीक्ष गर्न लागेको बीबीसीले जनाएको छ । लण्डनको इम्पेरियल कलेजमा ३०० मानिसहरूमा यो खोप परीक्षण गर्न लागिएको हो । प्राध्यापक रोबिन सटोक र उनका सहयोगीहरूको नेतृत्वमा यो परीक्षणको गरिँदै छ । यसअघि यो खोप जनावरमा परिक्षण गर्दा नतिजा सकरात्मक आएको थियो । यसले भाइरसविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता सुधार गर्न मद्दत पुर्‍याएको पाइएको परिक्षणमा संलग्न चिकित्सहरु बताउँछन् । बेलायतकै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएका खोपको मानवमा परीक्षण भने यसअघि नै सुरु भइसकेको छ । अहिले त्यसको तेस्रो चरणको परीक्षण गर्ने तयारी हुँदै छ । हाल संसारभरी १२० स्थानमा कोरोनाको भ्याक्सिन बनाउने प्रयास गरिँदैछ । तीमध्ये १३ स्थानमा यो क्लिनिकल ट्रायलसम्म पुगेको छ । यी १
कोरोनाविरुद्धको भ्याक्सिन मानवमा नै धमाधम परीक्षण गर्दै रुस, अन्य देशको भन्दा पहिला भ्याक्सिन आउने दाबी

कोरोनाविरुद्धको भ्याक्सिन मानवमा नै धमाधम परीक्षण गर्दै रुस, अन्य देशको भन्दा पहिला भ्याक्सिन आउने दाबी

Posted in बिज्ञान प्रबिधि
एजेन्सी । रुसमा कोरोनाविरुद्धको भ्याक्सिनको मानव परीक्षणले गति लिएको दाबी गरिएको छ । मस्को मेडिकल विश्वविद्यालयका स्वयमसेवकहरुको दोस्रो समूहले कोरोना भाइरसविरुद्वको परिक्षण गर्न भ्याक्सिन लगाएपछि उनीहरुमा राम्रो प्रभाव परिरहेको दाबी गरिएको छ । २३ जुनको उक्त विश्वविद्यालयका २० स्वयमसेवकहरुको समुहलाई भाइरसविरुद्वको भ्याक्सिनलाई शरीरमा इन्जेक्ट गरिए लगत्तै भ्याक्सिनको सकारात्मक असर देखिएको र न्यूनतम ज्वरो, टाउको दुखेको समस्या समाधान भएर गएको बताइएको छ । भाइरसविरुद्वको भ्याक्सिनको स्तर राम्रो रहेको जनाइएको छ । भ्याक्सिन इन्जेक्ट गरिएका स्वयेमसेवकहरुको अवस्था राम्रो रहेको बुझिएको छ । परिक्षणको विभिन्न प्रक्रियाहरु बाकी रहको जनाइको छ । भ्याक्सिन बनाउनका लागी बेलायत, अमेरिका, भारत युद्ध स्तरमा नै लागिपरिरहेका बेला रुसले भने फड्को एक कदम अगाडी मारेको छ । रुसको भ्याक्सिन अन्य देशहरुको भन्दा प