Tuesday, October 27

खेलकुद

विश्वको चर्चित फुटबलर क्रिटियानो रोनाल्डोलाइ कोरोना संक्रमणको पुष्टि, कस्तो छ स्वास्थ अबस्था ?

विश्वको चर्चित फुटबलर क्रिटियानो रोनाल्डोलाइ कोरोना संक्रमणको पुष्टि, कस्तो छ स्वास्थ अबस्था ?

Posted in खेलकुद
काठमाडौं । विश्वको चर्चित फुटबलर क्रिटियानो रोनाल्डोलाइ कोरोना संक्रमण पुष्टि भएको छ । पोर्चुुगल फुटबल फेडेरेशनले मंगलबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेको बताइएको छ । कोरोना पुष्टि भएपनि उनमा कुनै समस्या नरहेको बताइएको छ । ५ वर्षका रोनाल्डो इटालियन क्लब युुभेन्टस्बाट व्यवसाहिक फुटबल खेल्छन् । गत साताको आइतबार उनले पोर्चुुगलबाट फ्रान्सविरुद्ध नेशन्स लिग म्याच खेलेका थिए । त्यस्तै, गत शुक्रबार स्पेनविरुद्धको मैत्रिपूर्ण खेलमा पनि उनी सहभागी थिए । कोरोना देखिएपछि अब भने रोनाल्डोले नेसन्स लिगअन्तर्गत स्विडेनविरुद्ध हुने बुधबारको खेल गुमाउनेछन् । त्यस्तै युुभेन्टस्बाट सिरिएअन्तर्गत क्रोटोन र च्याम्पियन्स लिगअन्तर्गत डायनामो किभविरुद्धको खेल पनि गुमाउने भएका छन् ।
फुटबलर क्रिष्ट्रियानो रोनाल्डोलाई कोरोना संक्रमण

फुटबलर क्रिष्ट्रियानो रोनाल्डोलाई कोरोना संक्रमण

Posted in खेलकुद
एजेन्सी। स्टार फुटबलर क्रिष्ट्रियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ । पोर्चुुगल फुटबल फेडेरेशनले मंगलबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो। रोनाल्डोको स्वास्थ्य अवस्था ठिक रहेको र उनमा कुनै लक्षण नदेखिएको विज्ञप्तिमा जनाइएको छ । फेडेरेशनका अनुसार रोनाल्डो अहिले आइशोलेसनमा छन्। गत साताको आइतबार उनले पोर्चुुगलबाट फ्रान्सविरुद्ध नेशन्स लिग म्याच खेलेका थिए । त्यस्तै, गत शुक्रबार स्पेनविरुद्धको मैत्रिपूर्ण खेलमा पनि उनी सहभागी थिए। एजेन्सी। स्टार फुटबलर क्रिष्ट्रियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ । पोर्चुुगल फुटबल फेडेरेशनले मंगलबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो। रोनाल्डोको स्वास्थ्य अवस्था ठिक रहेको र उनमा कुनै लक्षण नदेखिएको विज्ञप्तिमा जनाइएको छ । फेडेरेशनका अनुसार रोनाल्डो अहिले आइशोलेसनमा छन्। गत साताको आइतबार उनले पोर्चुुगलबाट फ्रान्सविरुद्ध नेशन्
बार्सिलोनामा मेस्सीको बसाइ सकिएकै हो त ?

बार्सिलोनामा मेस्सीको बसाइ सकिएकै हो त ?

Posted in खेलकुद
१५ भदौ, काठमाडौं । स्टार खेलाडी लिओनल मेस्सीले स्पानिस क्लब बार्सिलोनासँग आफ्नो सम्झौता सकिएको विश्वास राखेका छन् । उनले क्याम्प नोउसँग आफूलाई टाढा राख्न थालेका छन् । ३३ वर्षीय अर्जेन्टाइन कप्तान मेस्सी सोमबारको प्रशिक्षणमा समेत सहभागी नजनाउने भएका छन् । यसअघि आइतबार कोरोना परीक्षण नगराएका मेस्सी प्रशिक्षणमा समेत उपस्थित भएनन् । यसलाई मेस्सीको क्लब छाड्ने अर्को स्टेपको रुपमा अघि बढेको गोल डट कमले जनाएको छ । यस्तै मेस्सीले क्लबसँगको सम्झौता अब सकिएको विश्वास गरेको पनि गोल डट कमले जनाएको छ । मेस्सीले गत मंगलबार क्लबका अध्यक्षलाई पत्र लेख्दै आफूले क्लब छाड्न लागेको जानकारी गराएका थिए । जसले गर्दा विश्व फुटबलमा तरंग छाएको थियो । सिधा हेर्ने हो भने बार्सिलोनामा मेसीको सम्झौता अझै एक वर्ष बाँकी छ र क्याटलान क्लबले तयसअघि मेसीले क्लब छाड्न चाहे ७०० मिलियनको युरो रिलिज क्लज तोकिदिएको छ ।
आईपीएलका लागि दुबई पुगेका चेन्नइका १० भन्दा धेरै सदस्यलाई कोरोना

आईपीएलका लागि दुबई पुगेका चेन्नइका १० भन्दा धेरै सदस्यलाई कोरोना

Posted in खेलकुद
दुबई : इन्डियन प्रिमियर लिग(आईपीएल) खेल्नका लागि यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंस्सका बलरसहित १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण देखिएको छ। भारतीय सञ्चार माध्यमहरुले दिएको खबर अनुसार कोरोना संक्रमण देखिएका तीब्र गतिका बलर भारतको एकदिवसीय राष्ट्रिय टोलीका सदस्य हुन् । कोरोना पोजिटिभ देखिने अन्य भने टोलीका सहयागी सदस्यहरु छन्। चेन्नईको टोली २१ अगष्टमा यूएई पुगेको थियो । ययूएई पुगेर क्यारेन्टाइनमा बसेका खेलाडी र प्रशिक्षक, व्यथापक, सहयोगीहरुको पहिलो, तेस्रो र छैटौं दिनमा परीक्षण गर्ने क्रममा केहीको रिपोर्ट पोजिटिभ देखिएको आयोजक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले खरब दिएका छन्। चेन्नईका कति सदस्यलाई संक्रमण देखिएको भन्ने पुष्टि भएको छैन । नाम उल्लेख नगर्ने सर्तमा स्रोतले करि
मेसीलाई भित्र्याउन सिटीको अफर : सय मिलियन युरो र तीन खेलाडी

मेसीलाई भित्र्याउन सिटीको अफर : सय मिलियन युरो र तीन खेलाडी

Posted in खेलकुद
एजेन्सी, १२ भदाै । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई भित्र्याउन सय मिलियन युरो र तीन खेलाडी दिने अफर गरेकाे छ । स्पेनिस मिडियाका दाबि अनुसार सिटीले मेसीका लागि सय मिलियन युराे सहित आफ्ना तीन खेलाडी गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सियालाई दिने प्रस्ताव गरेको छ । गाब्रियल जिससलाई बार्सिलोनाले लुइस स्वरेजको ठाउमा लैजान यस अघि पनि प्रयास गरिरहेकाले सिटीले मेसीको अफरमा जिससलाई पनि समावेश गरिदिएको बताइएको छ ।   मिडिया रिपोर्टमा मेसीले व्यक्तिगत हिसाबले सिटी आउन सहमत भएको बताइएको छ । विभिन्न मिडियाहरु केहि खेल पत्रकारको हवाला दिएर मेसीले बार्सिलोनासँगको सम्बन्धका बारेमा केहि समयमा नै सार्बजनिक रुपमा आफ्नो पक्ष आफ्ना फ्यानहरु समक्ष राख्ने दाबि गरिएको छ । यसैबीच स्पेनमा बार्सिलोनाका अध्यक्ष जेसेप मारियाले मेसीले सार्बजनिक रुपमा आफुसँ
स्वरेजलाईयुभेन्टसको अफर

स्वरेजलाईयुभेन्टसको अफर

Posted in खेलकुद
एजेन्सी, १२ भदौ । बार्सिलोनाका उरुग्वेका स्टार खेलाडी लुइस स्वरेजलाई इटालियन च्याम्पियन युभेन्टसले अफर गरेको छ । गोल डटकमका अनुसार युभेन्टसले स्ट्राइकर गोन्जालो हिगुइनको ठाउँमा स्वरेजलाई लैजान लागेको हो । बार्सिलोनामा नयाँ म्यानेजर रोनाल्ड कोम्यान आएपछि स्वरेजलाई बार्सिलोनाको आउँदो सिजनको टिममा समावेश नगर्ने स्पष्ट गरेका थिए । बार्सिलोनाले कोरोना महामारीका कारण नयाँ खेलाडी भित्र्याउन फाइनान्सियल व्यवास्थापनका लागि पनि केहि खेलाडी बेच्नु पर्ने बताउँदै आएको छ ।   स्वरेजले बार्सिलोना छोड्ने निश्चित भएपछि युभेन्टसका नयाँ म्यानेजर आन्द्रे पिरलोले हुगैनको ठाउँमा स्वरेजलाई भित्राउन प्रयास शुरु गरेको बताइएको छ । तर अफरबारे केही खुलाइएकाे छैन । स्वरेजले पनि केही प्रतिक्रिया दिएका छैनन् । स्वरेजलाई प्रिमियर लिग क्लबहरुका साथै नेदरल्याण्डसको आयाक्सले समेत अफर गरिसकेको छ । २०१४ मा
फुटबलर पोग्बालाईकोरोना संक्रमण

फुटबलर पोग्बालाईकोरोना संक्रमण

Posted in खेलकुद
११ भदौ, काठमाडौं । फ्रेन्च नेशनल टिम र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बालाई कोरोना संक्रमण देखिएको छ । २७ वर्षीय मिडफिल्डर पोग्बालाई कोरोना पोजेटिभ देखिएको फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले पुष्टि गरेको बीबीसीले जनाएको छ । पोग्बा हाल इंग्ल्याण्डमै छन् र उनी शनिबार आफ्नी गर्भवती श्रीमतीसंग लण्डनमा एक रेस्टुराँमा देखिएका थिए । कोरोना पोजेटिभ देखिएपछि पोग्वा युईएफए नेसन्स कपका लागि घोषित फ्रान्सेली टोलीबाट समेत बाहिरिएका छन् । पोग्बाको स्थानमा युवा खेलाडी एडवार्डो कामाभिङ्गालाई टिममा राखिएको छ । कोरोना देखिएपछि पोग्बा १४ दिनको सेल्फ आइसोलेसनमा रहेका छन् । यस्तै उनले म्यानचेष्टर युनाइटेडको प्रिसिजन तयारी पनि गुमाउने भएका छन् । फ्रान्सका अर्का खेलाडी टान्गुइ एन्डोम्बेलेलाई पनि कोरोना संक्रमण भएको छ र उनी फ्रान्सको टिमबाट बाहिरिएका छन् । फ्रान्सले
नेमार निराश : पीएसजी जर्मन च्याम्पियन बायर्न म्युनिखसंग १-० ले पराजित

नेमार निराश : पीएसजी जर्मन च्याम्पियन बायर्न म्युनिखसंग १-० ले पराजित

Posted in खेलकुद
८ भदौ, काठमाडौं । सायद लिस्वनस्थित इस्टाडियो द लुसको त्यो रात नेमारको लागि थिएन । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि यी ब्राजिलियन खेलाडी आफ्नो प्रभाव छाड्न असफल भए । फाइनलमा पीएसजी जर्मन च्याम्पियन बायर्न म्युनिखसंग १-० ले पराजित भयो । सन् २०१७ मा बार्सिलोनाबाट पीएसजी पुगेका नेमारका लागि आफूलाई प्रमाणित गर्ने यो ठूलो अवसर थियो । तर त्यो अवसर गुम्यो । रेफ्रीले खेल सकिएको जनाउ दिन सिठ्ठी बजाउँदा नेमार आँशु रोक्न संघर्ष गरिरहेका थिए । तर सकेनन्, उनी पीएसजीको बेन्चमा बसेर हारको पीडा देखाइरहेका थिए ।   उपविजेताको पदक लिन जाँदा उनलाई प्रशिक्षक थोमस टुचालले र पीएसजीका अध्यक्ष नानस अल खेलाफीले सान्त्वना दिइरहेका थिए । यस्तै बायर्नका प्रशिक्षक हान्सी फ्लिकले पनि नेमारलाई सान्त्वना दिएका थिए । खेलका क्रममा नेमारले गोल गर्ने अवसर समेत पाएका थिए । बार्सिलोनाका यी
सीपीएलमा सन्दीप यसरी चम्किए

सीपीएलमा सन्दीप यसरी चम्किए

Posted in खेलकुद
ट्रिनीडाड : क्याराबिन प्रिमियर लिग(सीपीएल) यस सिजनको आफ्नो पहिलो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरेका छन्। सन्दीप आवद्ध द्धोली जमैका तल्लवाशले जित हात पारेको छ। सन्दीपले यस खेलमा १ विकेट लिँदै उत्कृष्ट बलिङ गरे। ९औं ओभरमा बलिङमा आएका सन्दीपले यस ओभरमा ८ रन दिए। त्यसपछि ११औं ओभरमा ३ रन मात्रै दिएका उनले १३औं ओभर ८ रन दिए। १५औं ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गर्न आएका उनले दोस्रो बलमा विकट लिन सफल भए। २१ बलमा २५ रन बनाएर खेलिरहेका आफगान खेलाडी नाजिबुल्लाहलाई पावेलको हातबाट क्याच आउट गराए। यस ओभरमा ४ रन मात्रै दिए। ४ ओभरमा २४ रन मात्रै दिएका सन्दीप यस खेलमा उनको टोलीबाट सबैभन्दा किफायती बलर बने। लिगको आफ्नो पहिलो खेलमा सन्दीपको टोली जमैकाले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले हराएको हरायो। गएराति ब्रायन लारा रंगशालामा भएको खेलमा जमैकाले टस जितेर सेन्ट लुसियाला
सात वर्षपछि बायर्न च्याम्पियन्स लिगको फाइनलमा, पिएसजीसँग उपाधि भिडन्त

सात वर्षपछि बायर्न च्याम्पियन्स लिगको फाइनलमा, पिएसजीसँग उपाधि भिडन्त

Posted in खेलकुद
बायर्न २०१३ पछि पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको हो । बायर्नले अब उपाधिका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग खेल्नेछ । पिएसजीले पहिलो सेमिफाइनलमा जर्मनीको आरबी लाइपजिगलाई पराजित गरेको थियो ।   लियोनले खेलको सुरुवातमै गोलको अवसरहरु बनाए पनि गोल गर्न नसक्दा अग्रता लिने अवसर चुकायो । बायर्नले भने मौका गुमाएन । १८औं मिनेटमा सर्जी नाब्रीले उत्कृष्ट गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३३औं मिनेटमा नाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । खेल सकिन दुई मिनेट अघि रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले ३-० को जित हात पारेको हो । बायर्न र पिएसजी बीचको फाइनल खेल अगष्ट २३ मा हुनेछ । बायर्न २०१३ पछि पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको हो । बायर्नले अब उपाधिका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग खेल्नेछ । पिएसजीले पहिलो