Wednesday, August 5

समाचार

प्रदेश १ मा कोरोनाको हाहाकार हुँदा मुख्यमन्त्री बेपत्ता ! जनता जोखिममा छन् मुख्यमन्त्रीलाई काठमाडौंको चिन्ता

प्रदेश १ मा कोरोनाको हाहाकार हुँदा मुख्यमन्त्री बेपत्ता ! जनता जोखिममा छन् मुख्यमन्त्रीलाई काठमाडौंको चिन्ता

Posted in समाचार
२१ साउन, बिराटनगर । कोरोना महामारी नियन्त्रणमाका लागि प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र र कोभिड १९ निर्देशक समिति’ बनाएको छ । तर, प्रदेशमा कोरोना संकटले हाहाकार मच्चाइरहेका बेला मुख्यमन्त्री धेरै दिनदेखि गायव छन् । संक्रमण नियन्त्रणका लागि चाल्ने आवश्यक कदमका लागि दुईवटा समितिबाट निर्णय हुनुपर्छ । तर, मुख्यमन्त्री राई काठमाडौंमा बस्दा प्रदेशमा कोरोना नियन्त्रणको काम प्रभावित बनेको छ । संक्रमण नियन्त्रणको सबै अभियान नेतृत्व मुख्यमन्त्रीमा केन्दि्रत भएका कारण प्रदेशमा योजनाको काम प्रभावित बनेको हो । आइसोलेसन बेड अभावमा कोरोना संक्रमितहरु घरमै बस्न बाध्य छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार कोरोना संक्रमण पुष्टि भएर पनि प्रदेश १४० जना भन्दा बढी घर तथा विभिन्न क्वारेन्टाइनमा छन् । उनले आइसोसन बेड अभावम
कतारबाट जबरजस्ती नेपाल पठाइएका कामदारको १ करोड २३ लाख रुपैंया नेपाल आइपुग्यो

कतारबाट जबरजस्ती नेपाल पठाइएका कामदारको १ करोड २३ लाख रुपैंया नेपाल आइपुग्यो

Posted in समाचार
केही समय अगाडी वैदेशिक रोजगारीका क्रममा कतार पुगेका २ सय ५० जना नेपाली कामदार फर्काइएका थिए । कोरोनाको संक्रमण फैलिरहँदा कतार प्रहरीले प क्राउ गर्दै उनीहरूलाई नेपाल फर्काएका हुन्। तीमध्ये ९४ जना नेपाली कामदारले नियमअनुसार पाउनुपर्ने रकम नेपाल आइपुगेको छ । कतारमा रहेको नेपाली दुतावासले आज एक विज्ञप्ती जारी गर्दै कतार सरकारद्वारा विभिन्न कारणले गत मार्च २०२० मा नेपाल फर्काइएका कामदारको रकम नेपालस्थित कन्सुलर सेवा विभाग काठमाडौंमा पठाइएको जानकारी दिएको हो । कतारको AI Bandary Engineering Trading & Contracting Company मा कार्यरत ८४ जना तथा Aluminum Gulf Ray कम्पनीमा कार्यरत १० जना नेपालीले नियमअनुसार पाउनुपर्ने रकम नेपाल पठाइएको जनाएको छ । कतारस्थित नेपाली राजदुतावासले जारी गरेको प्रेस विज्ञप्ती । AI Bandary कम्पनीबाट ८४ जना नेपाली कामदारले पाउनुपर्ने रकम कतारी रियाल ३ लाख ४६ हजार
सवारी लाइसेन्सबारे फेरि आयो यस्तो निर्णय

सवारी लाइसेन्सबारे फेरि आयो यस्तो निर्णय

Posted in समाचार
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद सकिएका लाइसेन्स नवीकरण गर्दा जरिवाना शुल्क हटाइएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । नवीकरण गर्ने म्याद लकडाउन अवधिभित्र परेमा भदौ मसान्तसम्म जरिवाना छुट गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो । सरकारको निर्णयपछि विभागले सफ्टवेयर मिलाउने काम गरिरहेको हमालले जानकारी दिनुभयो ।
नेपालगन्जमा ६ जना प्रहरी र ७ कैदी बन्दीमा काेराेना संक्रमण पुष्टि

नेपालगन्जमा ६ जना प्रहरी र ७ कैदी बन्दीमा काेराेना संक्रमण पुष्टि

Posted in कोरोना अपडेट, समाचार, स्वास्थ्य /जिबनशैली
२० साउन । बाँकेको नेपालगन्ज कारागारमा कार्यरत ५ प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत १ प्रहरी र नेपालगन्ज कारागारमा रहेका ७ कैदी बन्दी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन १८ गते नेपालगन्ज कारागारबाट गरिएको स्वाव संकलनमा उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वाव संकलन गरी भेरीमा परिक्षण गरीएकोमा १३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । संक्रमित ६ जना प्रहरीमध्ये २ जना महिला र एक जना वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत प्रहरी जवान रहेका छन् । संक्रमित प्रहरी र कैदीलाई कृषि तालिम केन्द्र खजुराको आईसोलेशनमा राख्ने तयारी भईरहेको श्रेष्ठले जानकारी दिनुभयो । मंगलबारको परिक्षणमा दाङ लमही ५ का ३५ वर्षिय पुरुषमा समेत कोरोना संक
युट्युबरको कठघरामा एक महिलाको ‘चिरहरण’

युट्युबरको कठघरामा एक महिलाको ‘चिरहरण’

Posted in समाचार
चिरञ्जीवी पौडेल ‘बच्चा भेटिएको सबै नाटक रहेछ, भाग्य न्यौपाने पुगेर गरे पर्दाफास’ यो शीर्षकको भिडियो बुधबार बिहान युट्युबको नेपाल ट्रेन्डिङमा तीन नम्बरमा छ । सम्भवतः आजै एक नम्बरमा उक्लिएला । मात्र १९ घन्टामा ७ लाख ३३ हजार पटक हेरिएको छ भने ८ हजारभन्दा बढीले कमेन्ट गरिसकेका छन् । १९ लाख सब्स्क्राइबर रहेको ‘तातात्तो खबर’ नामक युट्युब च्यानलबाट यो भिडियो मंगलबार बिहान पोष्ट भएलगत्तै फेसबुकमा समेत भाइरल भएको थियो । टाइटलबाटै अनुमान लगाउन सकिन्छ, भिडियोको विषयवस्तु । भिडियो बनाउने युट्युबरको नाम टाइटलमै देख्दा धेरैलाई आश्चर्य नलाग्ला, किनकि यो शैली नेपालमा नयाँ होइन । पत्रकारिता बुझेका तर नेपाली युट्युबकारितालाई नबुझेकाहरुलाई भने यो शैली पचाउन गाह्रो हुन सक्छ । टाइटलले दुईवटा कुरा बोलेको छ । प्रहरीले निस्कर्ष निकालिनसकेको वा निकाल्न नसकेको कुरालाई टाइटलमै ठोकुवा गरिएको छ । र, त्यसको आफू
एसईई नतिजा प्रकाशित गरिँदै ( यसरी हेर्नुहोस् रिजल्ट )

एसईई नतिजा प्रकाशित गरिँदै ( यसरी हेर्नुहोस् रिजल्ट )

Posted in समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ।बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) का नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको काम पूरा भएको जानकारी बोर्डलाई जानकारी गराएका छन्।बोर्ड बैठक बसेर निर्णय गरेपछि मात्र नतिजा प्रकाशन हुनेछ। योपटक सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर विद्यार्थीको नतिजा बोर्डमा पठाएका थिए। स्कुलले पठाएको नतिजालाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो। बोर्डका अनुसार एसईईमा सहभागी हुन ४ लाख ८२ हजारले फाराम भरेका थिए। तर कोभिड १९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर नतिजा दिन व्यवस्था गरिएको हो। बोर्डमा जानकारी गराएपनि कहिले बैठक बस्ने भन्ने निर्क्यौल भएको छैन। बिगतमा तयारी पूरा हुने बित्तिकै नतिजा सार्वजनिक गर्ने चलन थियो।तर यस पटक स्कु
‘मलाई पागल नभन्नू है मेरो बाध्यता र समयले यहीँसम्म पुर्‍यायो’

‘मलाई पागल नभन्नू है मेरो बाध्यता र समयले यहीँसम्म पुर्‍यायो’

Posted in समाचार
काठमाडौं स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले गो ली चलाएर देहत्याग गरेका छन् बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बर बहादुर विष्टले गो ली चलाएर देहत्याग गरेका हुन् । छाउनी अस्पतालका कार्यरत एक अधिकृतका अनुसार छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका बिष्टले गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला देहत्याग गरेका हुन् ।आफ्नो साथमा रहेको एसएलआ च’लाएर बिष्टले आफ्नोछा तिमा एक रा’उण्ड गो ली हा नेका थिए । गो ली ला’गेर भुँइमा ढ लेका बिष्टको घटनास्थलमै निधन भएको हो बिष्टकोदरबन्दी दुर्गाबक्स गण नारायणहिटी हो केवल सम्झना मात्रै रह्यो मलाई पागल न भन्नू है मेरो बाध्यता र समय ले यहि सम्म पुरायो‘केवल सम्झना मात्रै रह्यो मलाईपागल नभन्नू है मेरो बाध्यता र समयले यहीँसम्म पुर्‍यायो।’ बैतडी स्थायी घर भएका नेपाली सेनाकाप्यूठ डम्बर बहादुर विष्टलेफेसबुकमानिधन अघि लेखेको मार्मिक स
भदौ १ देखि उडानका लागि विमानस्थल तयार

भदौ १ देखि उडानका लागि विमानस्थल तयार

Posted in समाचार
काठमाडौँ। कोरोना सङ्क्रमणका कारण करिब ५ महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान शुरू हुँदैछ। यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका लागि मुख्य विमानस्थल तयारी अवस्थामा रहेका छन्। सरकारले उडान शुरु गर्ने घोषणा गरेलगत्तै एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशका अन्य विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी शुरु गरिसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिकतर्फ पोखरा, भैरहवा, विराटनगर, भरतपुर, नेपालगन्जजस्ता विमानस्थललाई केन्द्रित गरेर उडान सुरक्षा व्यवस्थापन कार्यान्वयनको तयारी गरिरहेको छ। यसका लागि सरकारले जारी गरेको हवाई सेवा पुनः सञ्चालन सम्बन्धी प्रोटोकल कार्यान्वयन गर्दै त्यसैअनुसार विमानस्थल सञ्चालनको तयारी भइरहेको बताइएको छ। भदौ १ गतेदेखि नियमित उडान सुर
आजदेखि यी १२ जिल्लामा कडा लकडाउन ( हेर्नुहोस् सुचिसहित )

आजदेखि यी १२ जिल्लामा कडा लकडाउन ( हेर्नुहोस् सुचिसहित )

Posted in समाचार
काठमाडौं, साउन २१ / कोरोना संक्रमण बढ्दै गएपछि हालसम्म १२ वटा जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको भनाई छ । उनका अनुसार केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको हो । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ। ‘मंगलबारसम्म सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा कायम छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थ
क्रिस्चियन धर्म गुरूले मरेकाे मान्छे उठ्छ भनेपछि शव घरमै गन्हायाे

क्रिस्चियन धर्म गुरूले मरेकाे मान्छे उठ्छ भनेपछि शव घरमै गन्हायाे

Posted in समाचार
कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ। स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो। बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो। शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी थिए। कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको थियो। मृत्युपछि पाँच दिनअघि थप उपचारका लागि पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिए। पाष्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा थिए। पाष्टर चौधरी पनि लासमा पसिना आएर गन्ध आएको र लास उठ्ने विश्वासमै थिए । तर मङ्गलबार बिहान गन्धले खाना खान नसकी छिमेकीको घरमा गएको बताउछन्। पाष्टर दीपकले टी