Wednesday, August 5

अन्तर्राष्ट्रिय समाचार

क’श्मीर सहित समेटेर पाकिस्तानले पनि जारी गर्‍याे नयाँ नक्सा

क’श्मीर सहित समेटेर पाकिस्तानले पनि जारी गर्‍याे नयाँ नक्सा

Posted in अन्तर्राष्ट्रिय समाचार
कोहि व्यक्ति जस्तो खाना खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुन्छ भने कोहि व्यक्तिहरु भने जति सुकै प्रोटिनयुक्त वा सन्तुलन खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छ।बिहानको खाजा देखि बेलुकाको भोजन सम्म मिलाएर खाँदा पनि अत्ति नै दुब्लो र वजन कहिल्यै नबढ्ने समस्या प्राय व्यक्तिमा देखिन्छ। यसकारण कतिपय मानिसहरु तौल बढाउने अर्थात् मोटाउने औषधी खान्छन् तर यस्ता औषधीहरु शरीरको लागि एकदम बेफाइदा हुनुका साथै यसले नोक्सान पुर्याउँछ।हाम्रो शरीरको वजन बढाउन र पातलो वा दुब्लो शरीरलाई फुर्तिलो बनाउन कार्बोहाइड्रेट र प्रोटिनले एकदम महत्वपूर्ण भूमिका खेल्दछ।आज हामी प्रोटिन र कार्बोहाइड्रेटले भरिपूर्ण यस्तो अद्भुत खानेकुरा वा चीज बताउन गइरहेका छौँ, जसको सेवन गर्नाले तपाइँको वजन केहि हप्तामै बढेर शरीरलाई स्फुर्त, बलियो, जाँगरिलो र मजबुत बनाउँछ। यो तौल बढाउनको लागि १०० प्रतिशत प्रभावकारी आयुर्वे
लेवनानको राजधानीमा भएको विस्फोटनमा परी मृत्यु हुनेकाे संख्या ७८ पुग्याे

लेवनानको राजधानीमा भएको विस्फोटनमा परी मृत्यु हुनेकाे संख्या ७८ पुग्याे

Posted in अन्तर्राष्ट्रिय समाचार
लेवनानको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र ४ हजार भन्दा बढी घाइते भएको विविसीले लेखेको छ। अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ। अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्। राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु “अस्वीकार्य”रहेको बताएका छन्। अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो। राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गरेका हुन। विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ। अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन्। प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्। उनले “खतर
पाकिस्तानले जारी गर्यो नयाँ नक्सा, भारतको सातो गयो

पाकिस्तानले जारी गर्यो नयाँ नक्सा, भारतको सातो गयो

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ।बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) का नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको काम पूरा भएको जानकारी बोर्डलाई जानकारी गराएका छन्।बोर्ड बैठक बसेर निर्णय गरेपछि मात्र नतिजा प्रकाशन हुनेछ। योपटक सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर विद्यार्थीको नतिजा बोर्डमा पठाएका थिए। स्कुलले पठाएको नतिजालाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो। बोर्डका अनुसार एसईईमा सहभागी हुन ४ लाख ८२ हजारले फाराम भरेका थिए। तर कोभिड १९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर नतिजा दिन व्यवस्था गरिएको हो। बोर्डमा जानकारी गराएपनि कहिले बैठक बस्ने भन्ने निर्क्यौल भएको छैन। बिगतमा तयारी पूरा हुने बित्तिकै नतिजा सार्वजनिक गर्ने चलन थियो।तर यस पटक स्कु
बलिउड महानायक अमिताभ बच्चनकी पत्नी जया अचानक किन प्रहरी शरणमा पुगिन्

बलिउड महानायक अमिताभ बच्चनकी पत्नी जया अचानक किन प्रहरी शरणमा पुगिन्

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं । चर्चित बलिउड अभिनेत्री जया बच्चन प्रहरीकोमा पुगेकी छन् । बलिउड महानायक पति अमिताभ बच्चनसहित छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चन कोरोना संक्रमित भएर अस्पतालमा रहेका बेला जयाले आफूलाई दुःख दिएको भन्दै बाइकर्सविरुद्ध मुम्बई प्रहरीमा उजुरी दिएकी हुन् । परिवारका अधिकांश सदस्यको कोरोना रिपोर्ट पोजेटिभ आउँदा जयाको भने नेगेटिभ आएको थियो । तै पनि पुरै परिवार संक्रमित हुँदा चिन्तामा रहेकी जयालाई मोटरसाइकल कुदाउने ग्रुपले घरकै अगाडि आएर दुःख दिएपछि प्रहरीमा उजुरी दिएको खबर भारतीय सञ्चारमाध्यमहरुमा आएको छ । रातको समयमा बाइकर्सले जयाको घर भएको इलाकामा रेसिंग प्रतिस्पर्धा गरेर होहल्ला र कोलाहल मच्चाएका थिए । एक दिन होइन दिनदिनै दुस्ख दिएपछि जयाले बाध्य भएर प्रहरीमा फोनमार्फत मौखिक उजुरी दिइन् । उजुरीपछि प्रहरी टिम जयाको बंगला नजिक पुग्यो । त्यतिखेर बाइकर्
हङकङका नागरिक भित्र्याउन आवेदन खुलाउँदै बेलायत

हङकङका नागरिक भित्र्याउन आवेदन खुलाउँदै बेलायत

Posted in अन्तर्राष्ट्रिय समाचार
लण्डन : बेलायतले हङकङका नागरिकहरुका लागि नागरिकता लिन विशेष आवेदन खुलाउँदैछ । २०२१ देखि बेलायत सरकारले उनीहरुलाई नागरिकता ग्रहण गर्नका लागि आवेदन खुलाउने यही बुधबार घोषणा गरिएको हो । बेलायतको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बेलायती पासपोर्टधारीका निकटस्थ पारिवारिक नातेदारहरुले पढ्न वा काम गर्न बेलायत जान पाउने जनाएको छ । हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा नीति लागु गरेपछि बेलायतले पनि आफ्नो अध्यागमन नीति परिवर्तन गर्दै त्यहाँका नागरिकलाई बेलायती नागरिकता दिने जनाएको हो । तर बेलायतको यस्तो प्रस्तावप्रति चीनले आपत्ति जनाउँदैआएको छ । चिनियाँ अधिकारीहरुले बेलायतको यस्तो कदमको विरोध गर्दै हङकङका नागरिक चिनियाँ नै भएको जनाएका छन् । ‘यूके र हङकङका जनताबीच बलियो ऐतिहासिक सम्बन्ध छ । र हामी उनीहरुको स्वतन्त्रताको पक्षमा बोलेको बाचा पूरा गर्छौँ,’ बेलायती गृहमन्त्री प्रिती पटेलले बताएक
महामारीको कारण नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमात्रै रहने : विश्व बैंक

महामारीको कारण नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमात्रै रहने : विश्व बैंक

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं, ८ साउन। कोरोना महामारीको कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमात्रै रहने विश्व बैंकले अनुमान लगाएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम गर्नका लागि लगाइएको लकडाउनको कारण भएको अर्थतन्त्रको आर्थिक गिरावटबाट जोगाउन सरकारले चालेका प्रयत्नका बाबजुद पनि नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमात्रै रहने विश्व बैंकको पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ ले जनाएको छ । पर्यटन क्षेत्रमा आर्थिक गतिविधि कमजोर, रेमिट्यान्सको आवतलन मध्यम र आपूर्ति श्रृंखला अवरोधले औद्योगिक र कृषि उत्पादनमा कमी आउने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार न्यून आर्थिक क्रियाकलाप र इन्धनको मूल्यका कारण आयात पनि कम र संकटपूर्वको अवस्थाभन्दा पनि निम्न तहमा पुग्नेछ । जसले गर्दा चालू घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ६.५ प्रतिशत रहने छ । त्यस्तै कम आयातका कारण राजस
चौतर्फी घेराबन्दीमा परेको चीनले मार्यो महत्वपूर्ण फड्को

चौतर्फी घेराबन्दीमा परेको चीनले मार्यो महत्वपूर्ण फड्को

Posted in अन्तर्राष्ट्रिय समाचार
वेनचाङ, चीन (रासस–एएफपी) । अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । दुबै मुलुकबीच अथाह खगोलीय पिण्डहरुको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ । चीनले आफ्नो मंगल अभियानलाई तियानवेन–१ (“स्वर्गको जिज्ञासा”) राखेको छ । चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुशीयाली साटासाट गरेका थिए । साइट कमान्डर झाङ झुयुले राज्य संचालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गरेका थिए । पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि
चीनले बनाएको कोरोनाविरुद्धको खोप सोचेभन्दा चाँडै आउन सक्ने

चीनले बनाएको कोरोनाविरुद्धको खोप सोचेभन्दा चाँडै आउन सक्ने

Posted in अन्तर्राष्ट्रिय समाचार, कोरोना अपडेट
बीबीसी । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार कोरोनाभाइरसविरुद्ध निर्माण भइरहेका खोपमध्ये एउटा यसै वर्षको अन्त्यसम्ममा मानिसहरूमा प्रयोगका लागि उपलब्ध हुनसक्छ। त्यसो भयो भने अपेक्षित समयभन्दा अगाडि नै परीक्षणपछि खोप तयार हुनेछ। चाइना न्याश्नल फार्मसूटिकल ग्रूपका अनुसार मानवमा अन्तिम चरणको परीक्षण आगामी तीन महिनाभित्र सम्पन्न हुने उसको आशा छ। चीनमा एकदमै कम सङ्क्रमण पाइएकोले गत जुन महिनामा उसले खोप आउन केही विलम्ब हुने जनाएको थियो।तर अहिले संयुक्त अरब एमिरेट्समा हजारौँ मानिस तेस्रो चरणको परीक्षणमा सहभागी भइरहेका छन्। अर्को चिनियाँ कम्पनीले त्यही विधि अपनाई ब्रजिलमा उन्नत खालको परीक्षण गरिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले खोप विकासका कुरालाई सावधानीपूर्वक हेर्दै आएको छ। उसले खोप विकासको दिशामा अर्को वर्षको आरम्भतिर उपलब्धि हासिल हुनसक्ने बताउने गरेको छ। यसै हप्ता ब्रिटेनको अक्स्फ
अमिताभ बच्चनले भने : म कोरोना संक्रमणबाट मुक्त भइसकेको छैन

अमिताभ बच्चनले भने : म कोरोना संक्रमणबाट मुक्त भइसकेको छैन

Posted in अन्तर्राष्ट्रिय समाचार, कला /मनोरंजन, कोरोना अपडेट
एजेन्सी, ८ साउन । बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना भाइरस संक्रमणको रिपोर्ट नेगेटिभ आएको भन्ने खबर गलत रहेको पुष्टि भएको छ । भारतीय मिडियाले उनको रिर्पोट नेगेटिभ आएको खबर प्रसारण गरिएको थियो । अमिताभले बिहीबार साँझ आफ्नो ट्वीटरमा भारतीय समाचार च्यानल ‘टाइम्स नाउ’ले आफ्नो बारेमा प्रसारण गरिएको समाचार गलत भन्दै समाचारको भिडियो सेयर गरेका छन् । उनले भारतीय च्यानल ‘टाइम्स नाउ’को ट्विटरमा सेयर गरेको आफ्नोबारे भिडियो रिपोर्ट रि–ट्विट गर्दै भनेका छन्,“ यो समाचार गलत, गैरजिम्मेवारपूर्ण, नक्कली र एक अयोग्य झुट्टो हो । अमिताभ बच्चन र उनको छोरा अभिषेक बच्चनमा जुलाई ११ मा कोरोना संक्रमण देखिएपछि उनीहरु मुम्बाईस्थित नानावती अस्पतालमा उनीहरु भर्ना भएका थिए । अहिले पनि उनीहरु अस्पतालमा नै छन् । तर आज बिहान भारतीय मिडियाहरुले भने अमिताभ र उनका छोरा अभिषेकको परीक्षण नेगेटिभ आएको जनाएको थियो । उनीहर
भारतीय प्रधानमन्त्री मोदीले भने, ‘नेपालसहित छिमेकी राष्ट्रसँगको सम्बन्ध बलियो बनाउछौं’

भारतीय प्रधानमन्त्री मोदीले भने, ‘नेपालसहित छिमेकी राष्ट्रसँगको सम्बन्ध बलियो बनाउछौं’

Posted in अन्तर्राष्ट्रिय समाचार
काडमाडौं, ८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध थप बलियो हुने बताएका छन् । विहीबार बिहान भिडियोमार्फत् मणिपुर खानेपानी परियोजनाको शिलान्यास गर्दै मोदीले छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध थप बलियो हुने बताएका हुन् । मोदीले ट्वीट गर्दै उक्त परियोजनाले नेपाल, भूटान, म्यानमार र बंग्लादेशसँगको सामाजिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने बताएका छन् । त्यस्तै, भारतको एक्ट इस्ट पोलिसीलाई पनि सशक्त बनाउने जनाएका छन् । त्यस्तै, मोदीले विगत ६ वर्षदेखि उत्तरपूर्वी क्षेत्रमा संरचना निर्माणमा हजारौं करोड लगानी भइरहेको बताए । उनले सडक, हवाई, जल र आई (इन्टरनेट)मार्गसँगै ग्यास पाइपलाइनका लागि पनि आधुनिक संरचना उत्तरपूर्वी क्षेत्रमा निर्माण भइरहेको बताएका हुन् । उत्तरपूर्वी क्षेत्र प्राचीन सांस्कृतिक सम्बन्ध र भविष्यको ट्रेड, ट्राभल र टुरिजमको सम्बन्धको गेटव