Monday, September 28

हुदा हुदै काभ्रेमा पनि भेटिए ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि

May 16, 2020 565

३ जेठ, काठमाडौं । काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको छ । शनिबार मात्र ११ जना कोरोना संक्रमित थपिएका हुन् । यसअघि मन्त्रालयले शनिबार नै बर्दिया राजापुरकी २८ वर्षकी महिला, सिरहा सखुवा नन्कारकट्टीका ३० वर्षका पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरका २८ वर्षकी महिला र चितवनकी २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा पनि शनिबार नै कोरोना सं‌क्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्