Wednesday, October 28

नेपालमा पहिलो पटक त्रि.वि. शिक्षण अस्पातलको ३४ बर्षीय पुरुष डाक्टरलाई देखियो कोरोना संक्रमण

May 16, 2020 873

काठमाडौं : शुक्रबार कोरोना पुष्टि भएका दाङ तुलसीपुरका ३४ वर्षीय पुरुष त्रिवि शिक्षण अस्पतालका डाक्टर रहेको स्रोतले जनाएकाे छ। उहाँ बैखाश १८ गते दाङ जानुभएको र केहीअघि मात्रै काठमाडौं आउनुभएको जानकारी प्राप्त भएको छ। उहाँ दाङको तुलसीपुर–७ निबासी हुनुहुन्छ। कोरोना सङ्क्रमित देखिएका दाङ तुलसीपुर वडा नम्बर ७ का ३४ बर्षीय पुरुष काठमाण्डौको त्रि.वि. शिक्षण अस्पातलमा कार्यरत रहेको बुझिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले काठमाडौंका‍े अस्पतालमा कार्यरत कर्मचारी रहेको फेसबुकमा लेख्नुभएकाे छ। स्थानीय त्रसित भएपछि मेयर पाण्डेले फेसबुक मार्फत् सूचना सार्वजनिक गर्नुभएकाे हाे । कोरोना सङ्क्रमित देखिएका दाङ तुलसीपुर वडा नम्बर ७ का ३४ बर्षीय पुरुष काठमाण्डौको त्रि.वि. शिक्षण अस्पातलमा कार्यरत रहेको बुझिएको छ ।

उहाँको परीक्षण काठमाडौमै भएको भए पनि चैत १८ गते दाङ घर आएर काठमाण्डौ फर्किएको पाइएकोले यस बारे थप अनुसन्धान गरिहेको तुलसीपुर नपा ७ नम्बर वडा अध्यक्ष टोपवहादुर केसीले जानकारी दिनुभयो । उहाँ आएर गएको भन्ने बुझएिको छ, सो समयमा उहाँ कहाँ जानुभयो भन्ने खुलेको छैन हामी यसमा पहिचान थालेका छौ, वडाअध्यक्ष केसीले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्