Tuesday, December 1

दुई ट्रक आपसमा ठोक्किदा २४ मजदुरको मृत्यु..

May 16, 2020 291

नयाँ दिल्ली : भारतको उत्तर प्रदेशमा दुई ट्रक आपसमा ठोक्किदा ट्रकमा सवार २४ मजदुरको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार अन्य कयौँ मजदुर घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ।

ती सबै मजदुर राजस्थनदेखि आफ्नो घर आइरहेको बताइएको छ। दुर्घटना लगत्तै जति सक्दो चाँडै सबैको उद्दार गर्न मुख्यमन्त्री आदित्यनाथ योगीले निर्देशन दिएका छन्।

अधिकारीहरूका अनुसार ट्रकमा सवार अधिकांश मजदुर बिहार, झारखन्ड र पश्चिम बंगाल राज्यका थिए। उक्त ट्रकले गहुँको प्याकेट ओसारिहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्