Monday, September 28

सात वर्षपछि बायर्न च्याम्पियन्स लिगको फाइनलमा, पिएसजीसँग उपाधि भिडन्त

August 20, 2020 110

बायर्न २०१३ पछि पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको हो । बायर्नले अब उपाधिका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग खेल्नेछ । पिएसजीले पहिलो सेमिफाइनलमा जर्मनीको आरबी लाइपजिगलाई पराजित गरेको थियो ।

लियोनले खेलको सुरुवातमै गोलको अवसरहरु बनाए पनि गोल गर्न नसक्दा अग्रता लिने अवसर चुकायो । बायर्नले भने मौका गुमाएन । १८औं मिनेटमा सर्जी नाब्रीले उत्कृष्ट गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३३औं मिनेटमा नाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

खेल सकिन दुई मिनेट अघि रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले ३-० को जित हात पारेको हो ।

बायर्न र पिएसजी बीचको फाइनल खेल अगष्ट २३ मा हुनेछ ।

बायर्न र पिएसजी बीचको फाइनल खेल अगष्ट २३ मा हुनेछ ।#onlinekhabar

प्रतिकृया दिनुहोस्