Friday, September 25

फेरि अर्को कोरोना संक्रमित भागे गोली हान्ने निर्णयबाट पछि हट्यो पर्सा प्रशासन

May 15, 2020 448

२ जेठ, काठमाडौं । कोरोना संक्रमित व्यक्ति भागे प्रहरीले गोली चलाउने निर्णयबाट जिल्ला प्रशासन कार्यालय, पर्सा पछि हटेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्था समितिले गरेको निर्णय सार्वजनिक भएको केही घन्टामै संशोधन गरिएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अनलाइनखबरसँग भने, ‘एकैपटक गोली चलाउने भन्दा सर्वसाधारणमा अर्को अर्थ लाग्यो, त्यसैले हामीले स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने भनेका छौं ।’

स्रोतका अनुसार पर्सा प्रशासनको निर्णयलाई लिएर मानवअधिकारकर्मीहरुले पनि आपत्ति जनाएका थिए । त्यसैले प्रशासनले निर्णय सच्याएको हो । पर्साका एक अधिकारीले भने, ‘जे भए पनि हामीले यो जनताकै लागि गरेको निर्णय थियो ।’

संशोधित निर्णय अनुसार आवश्यकता अनुसार बल प्रयोग गर्ने मात्र भनिएको छ । बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए । त्यसपछि प्रशासनले गोली चलाउने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्