Friday, October 30

एका बिहानै कोरोनाले सयाैंकाे मृ’त्यु भइरहेका बेला नेपालमा फेरी भयो अर्को चमत्कार, सबै दंंग..पुरा पढ्नुहोस

May 15, 2020 2359

काठमाडौं । बिहीबार साँझ थप थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि विहीबार एकै दिन ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २, कपिलवस्तु, नवलपरासी पूर्व, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, चन्द्रागिरि नगरपालिकाका ३२ वर्षका पुरुष, धनुषा निवासी १७ वर्षीय महिला, कपिलवस्तुकी ६ वर्षीया बालिका, धादिङ निवासी ३० वर्षीया महिला र नवलपरासीका ४९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

कालीमाटी तरकारी बजारका ४ जनामा र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ
काठमाडौं । काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको र्‍यापिड डाइग्नोष्टिक परीक्षणमा ४ जनाको एन्टिबडी पाेजेटिभ देखिएकाे छ ।

बिहीवार कालिमाटी बजारका ७ सय जनाको र्‍यापिड डाइग्नोष्टिकबाट गरिएको परीक्षणमा ४ जनामा कोरोनाको एन्टिबडी पाेजेटिभ देखिएको हो ।

विहीबार ७०० जनाको आरडीटी र ३३४ जनाको पोलिमेयर चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको जनाएको छ ।

७ सय जनाको आरडीटीबाट गरिएको परिक्षणमा ४ जनाको रिपोर्ट पाेजेटिभ देखिएकाे काठमाडौं महानगरपालिकाका
जन स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रबिलास बज्राचार्यले खबरहबलाई जानकारी दिए ।

‘र्‍यापिड डाइग्नोष्टिक परीक्षण (आरडीटी) विधिबाट गरिएको परिक्षणमा ४ जनाकाे रिपोर्ट पाेजेटिभ देखियाे’ उनले भने ।

काठमाडौ महानगरले कालीमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको थियो ।

बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड — १९) भए/नभएको पत्ता लगाउन विहीबारबाट स्वास्थ्य परीक्षण थालिएको हो ।

कालीमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी रहेका छन् । कालीमाटी तरकारी तथा फलफूल बिकास समितिका उपनिर्देशक बिनय श्रेष्ठकाअनुसार सामान्य समयमा बजारमा हरेक दिन १० हजार बढी मानिसहरुको आवतजावत हुने गरेको छ।

तरकारी, फलफूल तथा माछा लिएर दैनिक औसतमा १ हजार बढी सवारी आउने गरेको उनले बताए ।

उनले भने, ‘कालीमाटीमा २ हजार बढी मोटरसाइकल आवतजावत गर्छन् । बजारसँग आश्रित ५ सय जना भरिया मजदुर छन् । बजार व्यवस्थापनका लागि ६३ जना कर्मचारी र सुरक्षाकर्मी रहेका छने भने सरसफाईमा काम गर्ने २० जना मजदुर छन्।’

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं महानगरले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सञ्चारकर्मी लगायतको स्वास्थ परीक्षण गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्