
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २३ सयले घटेर प्रतितोला ९२ हजार ५०० सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाला सुन तोलाको ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार ५ ०० रहेको छ ।
त्यसैगरी विहिबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १२ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।