Friday, September 25

काठमाडौं उपत्यकामा एकैदिन थपिए ६२ जना कोरोना संक्रमित, कहाँका कति ? हेर्नुहोस

August 8, 2020 72

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप ६२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

शनिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज काठमाडौं उपत्यकामा काठमाडौं जिल्लाका ५६ जना, ललितपुर जिल्लाका ३ जना र भक्तपुर जिल्लाका ३ जना गरी थप ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै प्रवक्ता डा। गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२,५९२ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ४९९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यससँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ । त्यस्तै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या थप ३ जना थपिएसँगै ७३ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्