Monday, September 28

आजदेखि २७ गतेसम्मको लागी नेपालगन्ज सिल गरियो

August 8, 2020 130

नेपालगन्ज उपमहानगरपालिकाको चारै किल्ला शनिबारदेखी सि ल गरिएकाको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले को रोना सं क्रमणको जो खिमयुक्त क्षेत्रका रुपमा नेपालगन्जलाई सि ल गरेकेा हाे।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला को भिड १९ सं कट ब्यवस्थापन केन्द्रको बैठकले श्राउन २४ गते राती १२ बजेदेखी श्रावण २७ गते राती १२ बजेसम्मका लागि नेपालगन्जका उपमहानगरका चारै किल्ला शि ल गर्ने निर्णय गरेको हो । त्यस अवधिमा नेपालगन्ज नगरभित्र स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्ण रुपमा रो क लगाईएको छ । साथै हिडडुल तथा ब्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरीएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रशासन कार्यालयका अनुसार नेपालगन्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखी गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखी बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्ण रुपमा सि ल गरिएको हो ।

प्रतिकृया दिनुहोस्