Tuesday, September 22

रिया चक्रवर्तीको फोन जाँच गर्दा आश्चर्यजनक खुलासा, बाहिरै बसेर गर्थिन् यस्तो…

August 8, 2020 270

अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको विषयमा जाँच गरिरहेको पटना पुलिसले कम समयमै निकै अहम प्रमाण जुटाएको छ । पटना पुलिसको अनुसन्धानमा पछिल्लो समय रिया र सुशान्तको सम्बन्ध राम्रो नभएको खुलासा भएको छ ।

रियाले ८ जूनपछि सुशान्तको नम्बर पनि ब्लक गरिदिएकी थिइन् । यति हुँदाहुँदै पनि रियाले सुशान्तको जासुसी गरिरहेकी थिइन् । सुशान्तको वरिपरि रियाकै मान्छेहरु थिए र उनीहरुसँग रिया निरन्तर सम्पर्कमा थिइन् । रियाले सुशान्तका कैयौं विश्वासपात्र स्टाफहरु निकालिदिएकी थिइन् र उनीहरुको ठाउँमा आफ्ना विश्वासपात्रहरु राखेकी थिइन् । ती सबै स्टाफहरुसँग रिया निरन्तर सम्पर्कमा थिइन् ।

यतिमात्र होइन रियाले सुशान्तका रुममेट सिद्धार्थ पिठानीसँग पनि लुकिछिपी सम्पर्क कायम राखेकी थिइन् । रियाले सिद्धार्थलाई फोन नम्बरमा सम्पर्क गर्दिनथिन् । यसको सट्टा उनले सिद्धार्थसँग ह्वाट्सएपमार्फत सम्पर्क गर्थिन् । यतिमात्र होइन उनले मुम्बइका डिसीपीसँग पनि कुरा गरिरहेकी थिइन् ।

पुलिस सूत्रको हवाला दिँदै भारतीय अखबार दैनिक जागरणले लेखेअनुसार रियाको कल डिटेलमा निकै आश्चर्यजनक खुलासा भएका छन् । केही समयदेखि रियाले सुशान्तसँग भन्दा उनका स्टाफहरुसँग धेरै कुरा गरिरहेकी थिइन् । टाढा बसेर सुशान्तको बारेमा जानकारी लिइरहेकी थिइन् र उनका हरेक गतिविधिको निगरानी गरिरहेकी थिइन् । सुशान्तकी स्टाफ श्रुतीसँग रियाले १ वर्षमा ८ सयभन्दा धेरै पटक फोनमा कुरा गरेकी थिइन् । अर्का एक स्टाफसँग ५०१ पटक फोनमा कुरा गरेकी थिइन् । रियाले जुन–जुन स्टाफसँग यसरी कुरा गरेकी थिइन् ती सबैलाई रियाले नै सुशान्तको स्टाफको रुपमा राखेकी थिइन् ।

रियाले सुशान्तका रुममेट सिद्धार्थ पिठानीलाई १०१ पटक फोन गरेकी थिइन् । यस क्रममा उनले आमालाई ५३७ पटक, भाइलाई ८०० पटक र पितालाई ११०० पटक फोन गरिन् । एक फिल्म निर्देशकलाई समेत ३०० भन्दा धेरै फोन गरेकी रियाले सुशान्तलाई भने एक वर्षमा १४२ पटक फोन गरेकी थिइन् । फिल्म निर्माता महेश भट्टसँग पनि रियाले निकै लामो कुरा गरेकी थिइन् । सुशान्तको मृत्युपछि रियाले २० जूनदेखि १८ जुलाइको बीचमा मुम्बइका डिसीपीसँग ५ पटक कुरा गरेकी थिइन् । एजेन्सी

प्रतिकृया दिनुहोस्