Friday, September 25

साउन २४ देखि ३० गतेसम्म को राशिफल

August 8, 2020 39

साउन २४ देखि ३० गतेसम्म को राशिफल

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नोकरीमा पद प्राप्ति हुनेछ भने व्यवसायमा प्रगति हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ। शुक्रवारदेखि फजुल खर्च बढ्नाले ऋण–कर्जा समेत बढ्न सक्छ। समयमा होसियार नबन्दा पनि काममा बाधा पुग्नेछ। केही लाभांश बाहिरिए पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। अरूलाई प्रभावित पारेर विशेष उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। दिगो काम प्रारम्भ हुनेछ र आम्दानी बढ्नेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। तापनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। बीचमा आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला। बुधवारदेखि स्थितिमा सुधार आउनेछ। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। मिहिनेत गर्दा अवसर प्राप्त हुनेछन्। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। सप्ताहान्तमा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। आयस्रोत बढाउन सफल भइनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। बीचमा भने केही समस्यासँग जुध्नुपर्ला। काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने प्रयत्न गर्नेछन्। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। मिहिनेत गर्दा अध्ययनमा पनि राम्रो प्रतिफल प्राप्त हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै विभिन्न अवसर हात पार्न सकिनेछ। स्रोतसाधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। दिगो व्यवसायमा हातहाल्ने समय छ। प्रियजनसँग भेटघाट हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा काम, दाम र स्वास्थ्यमा केही बाधा हुने देखिन्छ। घरेलु समस्याले पनि पिरोल्न सक्छ। आम्दानी थोरै भए पनि लक्ष्य प्राप्ति हुनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा बुद्धिले समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। सप्ताहान्तमा भने केही चुनौती देखापर्न सक्छ। आफ्नो गोपनीयता बाहिरिनाले केही समस्यामा परिएला।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। प्रयत्न गर्दा दिगो काम थाल्न सकिनेछ। कृषि तथा पशुपालनतर्फ फाइदा उठाउन सकिनेछ। बुधवारदेखि अध्ययनमा त्यति समय दिन नसकिएला। पेटको मौसमी गडबडीले सताउन सक्छ। शुभचिन्तकहरू टाढा हुनाले पनि दु:ख पाइनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। अरूलाई उछिन्दै फाइदा उठाउन सकिनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा अर्थलाभ हुनेछ। केही चुनौती देखिए पनि मिहिनेतले हिम्मत दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। बुधवारदेखि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। विवादास्पद कामले घर–परिवारमा असमझदारी इम्त्याउन सक्छ। साझेदारीमा पनि अविश्वास बढ्न सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले रोकिएका काम सम्पादन गर्न सकिनेछ। सहपाठीहरू सहयोगीका रूपमा देखा पर्नेछन्। आँटले नयाँ काम समेत प्रारम्भ हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साताको प्रारम्भ रमाइलो रहनेछ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। महत्त्वाकांक्षी काम सुरु हुनेछ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। चिताएको काम बन्नेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सप्ताहान्तमा परिस्थिति केही असहज बन्ने हुँदा बोली-व्यवहारमा सजग रहनुहोला। धेरै बोल्ने बानीले विवाद निम्त्याउनेछ। हिम्मत गर्दा व्यावहारिक चुनौती पन्छाउन सफल भइनेछ। दीर्घकालीन योजनाहरू गोप्य राख्नुहोला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भ रमाइलो, उत्साहवर्द्धक रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। बुधवारदेखि काम रोकिनाले आर्थिक पक्ष कमजोर बन्नेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्न सक्छ। तापनि शुक्रबारदेखि स्थितिमा सुधार आउनाले लक्ष्य पहिल्याउन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। स्रोत जुट्नाले दिगो काम थालनी गर्न भने सकिनेछ। बुधवारदेखि स्थितिमा सुधार आउनेछ। तर नयाँ काम प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साइनो गाँस्नेहरूका लागि जुट्दैमा समय बित्न सक्छ। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउलान्। तापनि व्यवसायमा धनलाभ हुने सम्भावना छ। स्राेत–साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। दाम पनि हातलागी हुनेछ। बुधवारदेखि आकस्मिक खर्च बढ्नाले अर्थ अभाव भने खट्किनेछ। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। साथीभाइको सहयोगले अभीष्ट पूरा हुनेछ। मिहिनेत गर्दा अभीष्ट पूरा हुन सक्छ। स्वास्थ्य भने त्यति सन्तुलित नहुन सक्छ, खानपानमा सजग रहनुहोला।

प्रतिकृया दिनुहोस्