Friday, September 25

उपत्यकामा भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द

August 8, 2020 511

काठमाडौं / काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण अप्रत्याशित ढङ्गले बढेपछि काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा १५ दिनका लागि स्थगित गरिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र उच्च सुरक्षा अधिकारी सम्मिलित शुक्रबारको बैठकले साउन २५ गते आइतबारदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण नियन्त्रण गर्न आवश्यक सतर्कता अपनाउँदा–अपनाउँदै पनि कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड लागेकाले जोखिम बढेसँंगै शान्तिसुरक्षा, मुद्दा, अत्यावश्यक सवारी पास र विपद् व्यवस्थापन बाहेक अन्य काम स्थगित गरिएको काठमाडौँका प्रजिअ दाहालले जानकारी दिनुुभयो ।

( यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ )

प्रतिकृया दिनुहोस्