Friday, September 18

कार पल्टिँदा ३ जनाको मृत्यु, १ गम्भीर घाइते

August 8, 2020 146

बुटवल, २४ साउन । परासीबाट भैरहवातर्फ आउँदै गर्दा हुलाकी सडकमा एक कार पल्टिँदा ३ जनाको निधन भएको छ ।

गएराति १० बजे रोहिणी गाउँपालिका वार्ड नं.-४ छिपागढस्थित हुलाकी सडकमा परासीबाट भैरहवातर्फ आउँदै गरेको लु. २ च.६७५६ नं.को कार आफै अनियन्त्रत भई सडकदेखि १० मिटर उत्तर साईडमा पल्टिँदा कारमा सवार ४ जनामध्ये ३ जनाको निधन भएको हो ।

उनीहरू गम्भीर घाइते भएर उपचारको लागि भीम अस्पताल, भैरहवा पुर्याइएको थियो । घाइतेमध्ये ३ जना उपचारको क्रममा राती नै १२ बजेति मृत्यु भएको हाे । घाइते बाँकी १ जनालाई थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको र उनकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ । कार घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मृत्यु हुनेमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका- ४ का २७ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका- ३ मर्यादपुरका २८ वर्षीय नौसाद दर्जी, नवलपरासी रामग्राम नगरपालिका वार्ड नं.-१२ पथगावाका १२ वर्षीय प्रदीप ठाकुर रहेका छन् । यस्तै घाईते ओमसतिया गाउँपालिका वार्ड नं.-४ बालापुरका ३४ वर्षिय अनिल यादव रहेको प्रहरीले जनाएको छ ।news24nepal

प्रतिकृया दिनुहोस्