Sunday, September 27

भाटभटेनी सुपर मार्केटमा कार्यरत एक कर्मचारीमा कोराेना संक्रमण पुष्टि

August 8, 2020 122

काठमाडौं, २४ साउन । काठमाडौंस्थित एक भाटभटेनी सुपर मार्केटमा कार्यरत कर्मचारीमा कोराेना संक्रमण भएको पाइएको छ । सरकारले भिडभाड हुने स्थानमा काम गर्ने कर्मचारीहरुको कोरोना परीक्षण गराउन निर्देशन दिएपछि उनीहरुको स्वाब लिइएको थियो ।

काठमाडौंको एक भाटभटेनी शाखाका एकजना कर्मचारीमा कोरोना संक्रमण भएको पाइएपनि कुन शाखाका कर्मचारीमा भन्नेबारे खुलाइएको छैन । कर्मचारीमा कोरोना पुष्टि भएसँगै किनमेल गर्न प्रवेश गरेका ग्रहकहरुको पनि कन्ट्याक्ट ट्रेसिङ गरिने भाटभटेनी प्रसाशनले जनाएको छ ।

केहिदिनअघि भाटभटेनी, बिग मार्टलगायत बढि भिडभाड हुने क्षेत्रमा कार्यरत कर्मचारीको स्वाब संकलन गरि पीसीआर परीक्षण गरिएको थियो ।

काठमाडौं, २४ साउन । काठमाडौंस्थित एक भाटभटेनी सुपर मार्केटमा कार्यरत कर्मचारीमा कोराेना संक्रमण भएको पाइएको छ । सरकारले भिडभाड हुने स्थानमा काम गर्ने कर्मचारीहरुको कोरोना परीक्षण गराउन निर्देशन दिएपछि उनीहरुको स्वाब लिइएको थियो ।

काठमाडौंको एक भाटभटेनी शाखाका एकजना कर्मचारीमा कोरोना संक्रमण भएको पाइएपनि कुन शाखाका कर्मचारीमा भन्नेबारे खुलाइएको छैन । कर्मचारीमा कोरोना पुष्टि भएसँगै किनमेल गर्न प्रवेश गरेका ग्रहकहरुको पनि कन्ट्याक्ट ट्रेसिङ गरिने भाटभटेनी प्रसाशनले जनाएको छ ।

केहिदिनअघि भाटभटेनी, बिग मार्टलगायत बढि भिडभाड हुने क्षेत्रमा कार्यरत कर्मचारीको स्वाब संकलन गरि पीसीआर परीक्षण गरिएको थियो ।news24nepal

प्रतिकृया दिनुहोस्