Tuesday, September 29

काभ्रेमा क्वारेन्टाइन बसेकी २१ बर्षीया महिलाले गरिन् आत्महत्या

August 7, 2020 106

काभ्रे, २३ साउन । काभ्रेमा क्वारेन्टाइन बसेकी एक महिलाले आत्महत्या गरेकी छन् । जिल्लाको बेथानचोक गाउँपालिका २ गेलिङ बजारमा क्वारेन्टाइन बसेकी २१ वर्षीया महिलाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार ती युवती ६ दिनअघिबाट सो क्वारेन्टाइनमा बसेकी थिइन् । उनले आज दिउँसो क्वारेन्टाइनको कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनी दुबइबाट आएकोले क्वारेन्टाइनमा बसेकी हुन् । उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । यद्यपि उनका आफन्तहरुले भने क्वारेन्टाइनको ब्यस्थापनको कमजोरीका कारण आत्महत्या गर्न बाध्य बनाइएको आरोप लगाएका छन् । घटनाबारेमा प्रहरीले अनूशन्धान गरिरहेको छ ।

उनको खबर पाए लगत्तै घटनास्थल पुगेको प्रहरी र स्वास्थ्यकर्मीको टोलीले उनको स्वाबसमेत संकलन गरी परीक्षणको तयारी गरिरहेको छ । उनको बसाइ र स्वास्थ्य अबस्थाका बारेमा आज बिहानै जानकारी लिएको बताइएको छ ।

आत्महत्या गर्न बाध्य बनाएको भन्दै मृतकका आफन्तहरुले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेमा आक्रमण गरेका छन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल काभ्रेमा राखेका छन् ।

प्रतिकृया दिनुहोस्