Wednesday, September 30

वीरगञ्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

August 6, 2020 115

वीरगञ्ज, २२ साउन । विहीबार विहान वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपचारकै क्रममा ज्यान गुमाएका वीरगञ्ज-१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी गराइएको हो ।
श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई नारायणी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

मधुमेह र मुटुरोगी समेत रहेका उनको अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

सोही क्रममा विहीबार विहान उनको मृत्यु भएको थियो । योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्