Thursday, September 24

जोर बिजोर प्रणाली उल्लंघन गर्ने उपत्यकाभर ७ सय ३६ सवारी ट्राफिक प्रहरीको नियन्त्रणमा

August 6, 2020 107

काठमाडौं, २२ साउन । सरकारले आज (बिहीबार ) देखि लागू हुने गरी निजी र सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा चलाउने निर्णय कार्यान्वयनको गर्ने क्रममा नियम उल्लंघन गर्ने सवारीसाधनलाई कंलकी चोकमा होल्ड गरिएको छ ।

बिहीवार जोर नम्बरको सवारी साधन चल्नु पर्नेमा बिजोर सवारी साधन चलाएको पाईए पछि १३२ सवारी साधनलाई होल्ड गरी कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीले जनाएको हो ।

महानगरीय प्रहरी प्रभाग कंलकी प्रमुख पुरूषोत्तम कार्कीले बिहान ५ वजे देखि ११ बजे सम्म सम्झाईवुझाई गरी छाडेको र एक वजेवाट होल्ड गर्न सुरू गरिएको बताउनुभयो ।
महानगरीय ट्राफिक बृत्त महाराजगन्जका प्रहरी निरीक्षक केशवराज भट्टका अनुसार ६ वजे सम्म ८५ सवारीसवारी साधन होल्ड गरिएको जस मध्य ४ पाङग्रे ८ वटा रहेका छन् ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार उपत्यकामा ६ वजेर ३० मिनेट सम्म ७ सय ३६ वटा सवारीसाधनहरू होल्ड गरिएको जानकारी दिनुभयो ।

सरकारले लकडाउन अन्त्य गरेपनि कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि गृह मन्त्रालयले यो कदम चालेको थियो । यससँगै अब जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी चल्ने नियम छ ।
यो निर्णय काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सय पुगेका जिल्लामा लागू हुनेछ।

प्रतिकृया दिनुहोस्