Tuesday, September 29

गंगालालका १५ जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ

August 6, 2020 131

काठमाडौं। काठमाडौंस्थित शहीद गंगाला राष्ट्रिय हृदय रोग केन्द्रका १५ जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ भएका छन्। बुधबार आएको पीसीआर रिपोर्टमा १० जना संक्रमित देखिएका हुन्।

सो अस्पतालका वरिष्ठ चिकित्सक डा. रामेश कोइरालाले ट्वीटरमाफर्त बुधबार १० जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन्। उनका अनुसार मंगलबार २ जना कर्मचारी संक्रमित भएका थिए भने सोमबार ३ जना कर्मचारी संक्रमित भएका थिए।

read more

काठमाडौं २२ साउन / गत साउन १२ गते सोमबार कार्टुनमा शिशु भेटिएको झुटा प्रचारप्रसार गरेपछि काठमाडौं कपन स्थित रहेको केयर बालगृह विवादमा मुछिएसँगै ११ बालबालिकाको बुधबार उद्धार गरिएको छ ।

एउटा अबोध बालिकालाई देखाएर पैसा जम्मा गर्ने कुत्सित खेल भएको खुलेपछि राष्ट्रिय बालअधिकार परिषद्ले केयर बालगृहमा रहेका अरु बालबालिकाहरुको पनि उद्धार गरेको हो । बालबालिका खोजतलास समन्वय केन्द्र, वडा कार्यालय र स्थानीय प्रहरीको रोहबरमा उनीहरुलाई उद्धार गरिएको हो

बालगृह सञ्चालन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएपनि वडामा भने दर्ता नगरिएको राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलकोे भनाइ छ ।

बालगृहका सञ्चालिका पुष्पा अधिकारीले हालै शिशु फालिएको भन्ने विषयलाई नाटकीय ढंगले प्रस्तुत गरेकोबारे र सो बालगृहमा रहेका बालबालिकाको परिवारको विवरणकाबारेमा अनुसन्धान गरिने प्रतिबद्धता धरेलको छ ।

२०७४ सालमा खोलिएको सो बालगृहमा हाल ११ जना बालिका छन् । उद्धार गर्नेक्रममा रुवाबासी गरेका ती बालिकाहरुलाई आफ्नो अभिभावककाबारेमा कुनै जानकारी छैन ।

इमेज खबरले तयार गरेको यो भिडियो रिपोर्ट हेेेेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्