Friday, September 25

काठमाडौंमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

August 5, 2020 129

काठमाडौं, २१ साउन । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत १ महिलाको मृत्यु भएको हो ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी जनाएको छ । उनी मनमोहन अस्पतालबाट १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।

उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको हो । उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत देखिएको थियो ।

प्रतिकृया दिनुहोस्