Monday, September 28

नेपालगन्जमा ६ जना प्रहरी र ७ कैदी बन्दीमा काेराेना संक्रमण पुष्टि

August 5, 2020 171

२० साउन । बाँकेको नेपालगन्ज कारागारमा कार्यरत ५ प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत १ प्रहरी र नेपालगन्ज कारागारमा रहेका ७ कैदी बन्दी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत साउन १८ गते नेपालगन्ज कारागारबाट गरिएको स्वाव संकलनमा उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वाव संकलन गरी भेरीमा परिक्षण गरीएकोमा १३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

संक्रमित ६ जना प्रहरीमध्ये २ जना महिला र एक जना वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत प्रहरी जवान रहेका छन् । संक्रमित प्रहरी र कैदीलाई कृषि तालिम केन्द्र खजुराको आईसोलेशनमा राख्ने तयारी भईरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबारको परिक्षणमा दाङ लमही ५ का ३५ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।news24nepal

प्रतिकृया दिनुहोस्