Tuesday, October 20

पाल्पा को’रोना संक्रमण मुक्त जिल्ला

August 4, 2020 450

तानसेन : पाल्पालाई को’रोना संक्रमण मुक्त जिल्ला भएको छ। पाल्पामा कोरोना संक्रमणको उच्च जोखिमको रुपमा पहिचान बनाए पनि पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्ती नआएको कारण संक्र’मण मुक्त जिल्ला भएको हो। पाल्पामा हालसम्म ५ सय ६१ जना संक्रमण देखिएकोमा १ जनाको मृ,त्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन्।

पाल्पामा ३९०७ जनाको पीसीआर परीक्षण भएकोमा ५ सय ६१ जनामा संक्रमण देखिएको थियो। संक्रमित मध्ये ५१५ जना पुरुष र ४६ जना महिला रहेका छन्। पाल्पामा अहिले आइसोलेसनमा १ जना पनि कोरोना संक्रमित बिरामी नभएकोले आजको मितिसम्मलाई संक्रमण मुक्त जिल्ला भएको जिल्ला स्तरीय कोभिड १९ का फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताए।

पाल्पामा सबैभन्दा बढी को’रोना संक्रमणबाट पूर्वखोला गाउँपालिका प्रभावित बन्यो। पूर्वखोला गाउँ पालिकामा ४ सय ३३ जनाको परीक्षण गरिएकोमा १ सय ६० जनामा संक्रमण देखिएको थियो। सबै भन्दा कम रिव्दीकोट गाउँपालिकामा संक्रमण देखियो । रिव्दीकोट गाउँपालिकामा १ सय २६ जनाको परीक्षण भएकोमा ५ जना संक्रमित देखिए। रामपुर नगरपालिकामा ५ सय ८७ जनाको परीक्षण गरेकोमा १ सय १७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो।

माथागढी गाउँपालिका भित्र ३ सय २२ जनाको पीसीआर गरेकोमा ३० जनामा संक्रमण देखिएको थियो। रैनादेवीछहरा गाउँ पालिकामा ६ सय ३२ जनाको परीक्षण भएकोमा ३९ जना संक्रमित देखिएका थिए । रम्भा गाउँपालिकामा २ सय ५ जनाको परीक्षण भएकोमा ४४ जना संक्रमित देखिएका थिए। बगनासकाली गाउँपालिका ३ सय २१ जनाको परीक्षण भएकोमा ४२ जनाको को’रोना पोजिटिभ देखियो।

तिनाउँ गाउँपालिकामा १ सय ९९ जनामा परीक्षण गरिएकोमा ८ जना संक्रमित, निस्दी गाउँपालिकामा ३ सय ३२ जनामा पीसीआर परीक्षण भएकोमा ९९ जनाको पोजिटिभ, तानसेन नगरपालिकामा ६ सय ३६ जनामा परीक्षण भएकोमा १४ जनामा मात्र संक्रमण देखि एको थियो। यसैगरी पाल्पाका अस्पतालहरुमा १ सय ६ जनाको परीक्षण भएकोमा ३ जनामा संक्रमण देखिएको थियो।

समुदाय स्तरमा को’रोना संक्रमण फैलिएको वा नफै’लिएको बारेमा जानकारी लिन जिल्लाका व्यापारी, पत्रकार, सुरक्षाकर्मी र बैंक तथा वित्तीय संस्थामा बसेर समुदायसँग दिनहुँ सम्पर्करत व्यक्तिको नमुना परीक्षण गरिएको छ । समुदाय स्तरका १ सय १८ जनाको पीसीआर परीक्षण भएकोमा सबै जनाको रिपोट नेजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।

प्रतिकृया दिनुहोस्