Friday, September 25

साँगाबाट काठमाडौं उपत्यका छिरेका १३ जनामा कोरोना पुष्टि

August 4, 2020 146

काठमाडौं, १९ साउन : १ हप्तामा पूर्वी-नाका साँगाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना सङ्क्रमण परीक्षणमा सो सङ्ख्यामा कोरोना संक्रमण देखिएको हो ।

लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेश गर्ने ३ नाका काभ्रेपलाञ्चोकको साँगासँगै, ललितपुरको फर्पिङ र काठमाडौंको थानकोटबाट काठमाडौ प्रवेश गर्ने यात्रुको कोरोना सङ्क्रमण नमूना परीक्षण गर्न स्वाब सङ्कलन गरेको थियो ।

साँगा-नाकामा मात्रै सङ्कलित ३ हजार ४ सय ८२ यात्रुको स्वाब सङ्कलन गरिएकामध्ये १३ मा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार ३ नाकाबाट करीब दश हजार यात्रुको स्वाब सङ्कलन गरिएको थियो । यात्रुको पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) परीक्षण गर्दाको रिपोर्ट पोजिटिभ आएका हो ।

३ नाकामा सङ्कलित स्वाबको वीर अस्पताल, शिक्षण अस्पताल तथा टेकु अस्पतालमा परीक्षण गरिएको टोलीका सदस्य खेमराज सापकोटाले बताए। उनका अनुसार ३ नाकामा १साता यात्रुको स्वाब सङ्कलन गरिएको थियो ।

‘हामीले १० हजार यात्रुको स्वाम्प्लिङ टेष्ट गर्ने योजना बनाएका थियौँ, टार्गेट पूरा भएपछि स्वाब सङ्कलन कार्य बन्द गर्‍यौ’, सापकोटाले भने।

प्रतिकृया दिनुहोस्