Wednesday, August 5

अब निन्द्रा नलागे, यस्ता घरेलु उपाय अपनाउनुहोस्

July 30, 2020 90

काठमाडौं ,साउन ११ । जो मानिस समयमै सुन्त्छन् र गहिरो निन्द्रमा पर्छन् , त्यस्ता मानिसहरुको शारीरीक तथा मानसिक दुवै अवस्था राम्रो हुने चिकित्सकको भनाइ रहेको छ । जो व्यक्तीको निन्द्रा पुग्छ , त्यस्ता व्यक्तीको अनुहारमा समेत चमक आउने चिकित्सकको भनाई छ । तर हरेक मानिसको जिवन सोचे जस्तो हुँदैन । चाहेर पनि मस्त निदाउन सक्दैनन् । लामो समय सम्म ओछ्यानमा पल्टिदानी निन्द्रा र्पदैन ।

यसरी लामो समय सम्म निन्द्रा नलागेमा हाम्रो शरीरको किड्नी र मुटुमा सोझै असर गर्छं । तनाव बढ्ने , टाउको दुख्ने डिप्रेसनको समस्या आउछ । बल्ड प्रेसर बढ्छ । मोटोपन बढ्छ । सुगर बड्छ । जसको लागी हामीले दैनिक ८ घण्टा सुत्नुपर्छ । यदि निन्द्रा लाग्ने औषधी सेवन गर्नुहुन्छ भने त्यसले हाम्रो शरीरको किड्रनीमा असर गर्छ । यस्तो समस्याबाट मुक्त पाउन यस्ता घरेलु विधि अपानाउन सकिन्छ । यसो गर्दा निनभए डाक्टरको सल्लाह पनि लिनुपर्छ ।

१. प्रसस्त समय घाम ताप्नुहोस् जसले थकान महसुस गराउछ र राती निन्द्रा लाग्दछ, साथै घामबाट प्रसस्त मात्रामा भिटामिन डि पाइन्छ ।
२. दैनिक व्यायम गर्ने , हिडडुल गर्ने । चाडै सुत्ने र चाडै उढ्ने बानी बसाल्ने ।
३. बेलुका ४ बजे पछि चिया ,कफी एनर्जी ड्रिक तथा पिय पर्दाथ खान छोड्नुहोस् । यसमा प्रशस्त मात्रामा क्याफिन पाइन्छ । एक सय ग्राम कोफिनमा ४० मिलि ग्राम क्याफिन पाइन्छ । त्यसले निन्द्रा भगाउने काम गर्दछ ।
४. खाना खाने वित्तिकै सुत्ने बानी छ भने यसलाई छोड्नुहोस् , जसले शरीरलाई नकारात्मक असर गर्दछ । खाना खाएको कम्तीमा २ घण्टा पछि सुत्ने वानी बसाल्नुहोस् ।

५. राती चाडै ओछ्यानमा जाने बानी बसाल्नुहोस् जसले निन्द्रा लाग्न मद्धत गर्छ ।
६. सुत्ने समय एउटै बनाउनुहोस् । जसले गर्दा हाम्रो मष्तिस्कलाई सुत्ने र उढ्ने समय थाहा पाउछ ।
७. बेलुकी सधैं मुख धुने , दाँत माज्ने बानी बसाल्ने , सुत्दा सधैं आफुलाई उपयोगी किताब पढ्ने बानी बसाल्ने ।
८. आफु सुत्ने ओछ्रयान सधैं सफा चिटिक्क पारे राख्ने बानी बसाल्नुहोस् ।
९.सुत्ने बेलामा मष्तिस्कलाई कुनै पनि तनाव नदिने , सुत्ने बेलामा कहिल्यै मसलेदार खाना खानु हुँदैन । मसलेदार खानाले शरीरलाई हिट दिन्छ र पाचन तन्त्र पनि रात भरी सक्रिय गराइदिन्छ ।

१०.सुत्नु भन्दा १ घण्टा अगाडी दुधमा अलिकती जाइफलको धुलो हालेर खानुहोस् । यसको अलवा दालचिनीको धुलो राखेर दुधमा खादा नि गहिरो निन्द्रा लाग्दछ । २० ग्राम जाइफल प्रयोग गरियो भने यसले ३६ घण्टा सम्म निन्द्रा लाग्छ । पाचन किड््रनीको लागी राम्रो गर्छ ।
११. सुत्ने बेलामा केरा खाने गर्नुहोस् । केरामा पोटासियम , म्याग्नेसियम , भिटामिन बी ‘6’ पाइने गर्छ ।
१२. पुदिनाको अचार, चिया खाने ।
१३.सेतो चना खाने , यसमा पोटासियम पाइन्छ ।
१४.हरियो सागसब्जी खान,े चिल्लो रहित दही खाने ।
१५ सुत्ने बेलामा किबी फल, बदान ५-६ खाने ।
१६.मह खाने यसले मष्तिस्कमा रहेको सेरेटोनिकलाई सन्तुलनमा राख्न मद्धत गर्दछ ।
१७ सुने बेलामा सधै. शरीरलाई राम्ररी मालिस गर्नै बानि बसाल्नुहोस् ।

तर सबैलाई ८ घण्टा सुत्नुपर्छ भन्ने छैन ,कोही ५ घण्टा सुतेर नि स्र्फुत हुन सक्छन् । यदि कसैलाई डिपे्रसन छ भने डाक्टरको सल्लाह बमोजिमको औषध िसेवन गर्नुपर्दछ ।

प्रतिकृया दिनुहोस्