Sunday, October 25

जापानमा एकैदिन थपिए एक हजार कोरोना सङ्क्रमित

July 29, 2020 176

काठमाडौं, १४ साउन । जापानमा कोभिड–१९ (कोरोना) बाटएकैदिन ९८१ नयाँ सङ्क्रमितको थपिएका छन् । जापानको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूका अनुसार यो संख्या जापानमा कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा उच्च संख्या हो ।

जापानका विभिन्न छ क्षेत्रमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दर बढ्दो अवस्थामा रहेको छ । यसअघि गत जुलाई २३ मा जापानमा ९६६ नयाँ संक्रमित भेटिएका थिए । जापानमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३२ हजार ६१३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्