Thursday, October 29

अमेरिकी कम्पनी मोडर्नाले बाँदरमा प्रयोग गरेको खोपबाट पायो सफलता!

July 29, 2020 156

एजेन्सी, १४ साउन। अमेरिकी बायोटेक कम्पनी मोडर्नाले बादरमा प्रयोग गरिएको कोरोना भाइरसको खोपले सफलता पाएको जनाएको छ । मोडर्नाका अनुसार खोपले फोक्सो र नाक संक्रमणबाट बचाउँछ ।

कम्पनीले सोमबार मानवमा परीक्षण पनि गरेको बताइएको छ । जसमा ३० हजार स्वयम्सेवक सहभागी थिए । अमेरिकी सरकारले एक विशेष कार्यक्रममा उक्त कम्पनीलाई एक अरब अमेरिकी डलर दिएको थियो ।

आपरेशन वार्प स्पीड नामक कार्यक्रम अन्तर्गत कोरोना भाइरसको खोप बनाउन थुप्रै प्रयास भइरहेको छ।

प्रतिकृया दिनुहोस्