Sunday, September 27

यी चार राशी भएका युवतीमा हुन्छ पुरुषलाई आकर्षण शक्ति……

July 28, 2020 66

ज्योतिषलाई विश्वास गर्ने हो भने केही राशी भएका युवतीहरु आफ्नो सुन्दरता बिना नै कसैलाई रिझाउन सक्षम हुन्छन् । १२ राशीमध्ये चार राशी भएका युवतीहरुमा मात्र यस्तो प्रभाव हुन्छ जसले जुनसुकै पुरुषलाई उनीहरुतर्फ आकर्षित गर्न सक्छन् । मिथुन राशी भएका युवतीहरुको तुलना अप्सरासँग गरिन्छ । जसले जोसुकैलाई आकर्षित गर्न सक्छन् । सुन्दरताबाहेक यी राशी भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन् । उनीहसँग धेरै उमेरसम्म जवान देखिने क्षमता पनि हुन्छ ।वृष राशी भएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ । साथै उनीहरुको कुरा पुरुषहरु निकै सजिलै मान्ने र पूरा गर्ने गर्दछन् ।

वृश्चिक राशी भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ । उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन् । मीन राशी भएका युवतीहरु रोमान्टिक हुन्छन् । पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन् । उनीहरु आफ्नो मिठो कुराले चाँडै नै पुरुषलाई आकर्षित गरिहाल्छन् ।

यो पनि हेर्नुहोस्ः एकसाथ जन्मिएका व्यक्तिहरु किन उस्तै हुँदैनन् ? कुनैपनि व्यक्तिको जीवन निर्धारणमा केवल उसको जन्म-समय मात्र होइन, बरु गर्भाधान समय र प्रारब्ध (पूर्व संचित कर्म)को भूमिका पनि महत्वपूर्ण छ ।यसप्रकार ज्योतिष तीन आयममा आधारित छ । यो तीन आयम हो, प्रारब्ध, गर्भाधान समय र जन्म समय । यसलाई तीन महत्वपूर्ण आयममा अर्थात जन्म-समय, गर्भाधान-समय र प्रारब्धको अखण्ड प्रभावले मान्छेको सम्पूर्ण जीवन सञ्चालित हुन्छ । कुनै व्यक्तिको जन्म-प्रमाणपत्रको निर्माणमा जुन सर्वाधिक महत्वपूर्ण तत्व हो, त्यो हो समय । जन्म-समयलाई लिएर पनि ज्योतिषाचार्यमा मतभेद छ । केही विद्वान शिशु रोएको अवस्थालाई जन्मको सही समय मान्छन्, कतिले भने नाल-विच्छेदनलाई सही मान्छन् ।

प्रतिकृया दिनुहोस्