Wednesday, October 21

गणेश भगवानको दर्शन गरी हेर्नुहोस् आज मङ्लबारको राशिफल !

July 28, 2020 104

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हतारमा निर्णय लिँदा आफैलाई समस्या पर्न सक्ने तथा अरुको निम्ती प्रयोग भइनेछ । प्राकृतिक प्रकोप तथा बिपत्तिदेखि सावधान हुनुहोला समय मध्ययम रहेकोछ ।राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । टाडाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडि बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पति लाभ हुनेछ । नयाँ नयाँ कामको प्रश्ताव आउनेछ भने सहयोगीहरुले साध दिदा कामहरु समयमानै सम्पन्न हुनेछन् ।काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सुधा भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बोल्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लगाई आलोचना गर्ने सक्रिय हुनेछन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्राकृतिक प्रकोप तथा बिपत्तिदेखि सावधान हुनुहोला समय मध्ययम रहेकोछ ।समयमा काम गर्न सकिने भएपनि नतिजाको लागि केही समय कुर्नुनै पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनावस्यक विषयमा विवाद हुने तथा टाढिनु पर्ने बाध्यता आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) छिमेकि तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।वन्द व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्त तथा साथिभाईहरुको सहयोगमा विशेष योजनाहरू बन्नेछन्।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । अनावस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । प्राकृतिक प्रकोप तथा बिपत्तिदेखि सावधान हुनुहोला समय मध्ययम रहेकोछ ।स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने विदेशि सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घर परिवार तथा समाजमा तारिफयोग्य कामगरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुम्दा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरु खुसी हुनेछन् । नया प्रेम प्रस्ताब आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कर्म क्षेत्रमा राम्रो काम गरि नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजभुत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेकोछ भने गरिरहेको काममा बढोत्तरिको प्रशस्त सम्भावना रहेकोछ । तपाईँको शालिन स्वाभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साथीभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्राकृतिक प्रकोप तथा बिपत्तिदेखि सावधान हुनुहोला समय मध्ययम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयको ख्याल नगर्दा वा साना तिना काममा अल्झेर बस्दा महत्वपुर्ण कामहरु थाति रहनेछन् । बाटो हिड्दा वा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्नु अगावै विभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । लामो समयदेखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । प्राकृतिक प्रकोप तथा बिपत्तिदेखि सावधान हुनुहोला समय मध्ययम रहेकोछ । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरु बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा विभिन्न रमाइला स्थलहरुको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्यबधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यवसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायबाट घाटा लाग्न सक्छ । प्राकृतिक प्रकोप तथा बिपत्तिदेखि सावधान हुनुहोला समय मध्ययम रहेकोछ ।

प्रतिकृया दिनुहोस्