Sunday, September 27

सात टाउके नागको काँचुली फेलापरेपछि हेर्नेको भिड

July 25, 2020 53

काठमाण्डौ – सात टाउके नाग काँचुली फेला परेको छ । सात टाउके नाग काँचुलीलाई हेर्नका लागि आसपासका गाउँका मानिसहरु ताँती लागेको खबर छ ।मानिसहरुले अहिलेसम्म सात शिर(७ फन) वाला नाग नदेखेको बताएका छन् । सात शिर वाला नागको काँचुलीलाई देखेर अचम्म पनि मानेका छन् ।

तमिलनाडुमा बेंगलुरुबाट करीब ६० किमी टाढा मेरीगौदान डोड्डी गाउँ सो स्थानमा जब सात फन वाला साँपको काँचुली देखियो तबदेखि गाउँका मानिसहरुका लागि आकर्षणको केन्द्र बनेको खबर भाइरल भैरहेको खबर छ । मन्दिरका एकजना कर्मचारीले नागको काँचुली(स्किन) फेला पारेका थिए ।

ती कर्मचारीले त्यो काँचुलीमा सात शिर देखेपछि हेर्ने मानिसको भिड लागेको थियो । ती कर्मचारीले यो काँचुली मन्दिरकोवरिपरि सफाई गर्दा देखेका थिए। समाचार अनुसार साता टाउके नागको काँचुली मन्दिर नजिकै फेला परेको हो । जसले गर्दा पौराणिक कथाहरुमा विश्वास गर्ने मानिसका लागि मन्दिरमा साक्षत् देवता रहने गर्दछन् भन्ने कुरामा बढी विश्वास बढेको बताउछन् ।

मानिसले मंदिरमा आज पनि दैवीय शक्ति मौजूद रहेको छ भन्ने कुरा सात टाउका वाला सांपलाई नै प्रमाण भएको दावी गरेका छन्। सयौं मानिसहरु मंदिरमा रहेको साता टाउके नागको काँचुली हेर्न जम्मा हुने गरेका छन्। त्यहाँ नागको पूजाआज पनि सुरु भएको खबर छ ।जहाँ मानिसहरु साता टाउके नागको काँचुली हेर्न दौडिरहेका छन् त्यहाँ टीभी चैनल वाला पत्रकारहरु पनि उछिनपाछिन गरेर दौडादौड गरिरहेको खबर छ । त्यहाँ पुग्न रिपोर्टरहरु क्यामरा एबं माइक लिएर दौडिरहेको खबर छ।

प्रतिकृया दिनुहोस्