Wednesday, October 28

कम्प्युटर अपरेटर १६ लाख घुससहित पक्राउ

July 24, 2020 130

काठमाडौं : भेरी अस्पताल, नेपालगन्ज बाँकेका कम्प्युटर अपरेटर अरूणराज खनाल १६ लाख १३ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो।

विभिन्न फर्म तथा पसलेबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजूरीका आधारमा पक्राउ गरिएका उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्