Sunday, September 27

अमिताभ बच्चनले भने : म कोरोना संक्रमणबाट मुक्त भइसकेको छैन

July 24, 2020 110

एजेन्सी, ८ साउन । बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना भाइरस संक्रमणको रिपोर्ट नेगेटिभ आएको भन्ने खबर गलत रहेको पुष्टि भएको छ । भारतीय मिडियाले उनको रिर्पोट नेगेटिभ आएको खबर प्रसारण गरिएको थियो ।

अमिताभले बिहीबार साँझ आफ्नो ट्वीटरमा भारतीय समाचार च्यानल ‘टाइम्स नाउ’ले आफ्नो बारेमा प्रसारण गरिएको समाचार गलत भन्दै समाचारको भिडियो सेयर गरेका छन् । उनले भारतीय च्यानल ‘टाइम्स नाउ’को ट्विटरमा सेयर गरेको आफ्नोबारे भिडियो रिपोर्ट रि–ट्विट गर्दै भनेका छन्,“ यो समाचार गलत, गैरजिम्मेवारपूर्ण, नक्कली र एक अयोग्य झुट्टो हो ।

अमिताभ बच्चन र उनको छोरा अभिषेक बच्चनमा जुलाई ११ मा कोरोना संक्रमण देखिएपछि उनीहरु मुम्बाईस्थित नानावती अस्पतालमा उनीहरु भर्ना भएका थिए । अहिले पनि उनीहरु अस्पतालमा नै छन् । तर आज बिहान भारतीय मिडियाहरुले भने अमिताभ र उनका छोरा अभिषेकको परीक्षण नेगेटिभ आएको जनाएको थियो । उनीहरु चाँडै अस्प्तालबाट डिस्चार्ज हुने रिपोर्ट तयार पारिएको थियो ।

भारतीय मिडियामा आएको कोरोना रिपोर्ट नेगेटिभ आएको र चाँडै डिस्चार्ज हुँदैछन् भन्ने समाचार गलत भएको अमिताभले पुष्टि गरेका हुन् । उनको बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनमा पनि कोरोना पाइएको छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्