Wednesday, October 28

भारतीय प्रधानमन्त्री मोदीले भने, ‘नेपालसहित छिमेकी राष्ट्रसँगको सम्बन्ध बलियो बनाउछौं’

July 24, 2020 220

काडमाडौं, ८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध थप बलियो हुने बताएका छन् । विहीबार बिहान भिडियोमार्फत् मणिपुर खानेपानी परियोजनाको शिलान्यास गर्दै मोदीले छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध थप बलियो हुने बताएका हुन् ।

मोदीले ट्वीट गर्दै उक्त परियोजनाले नेपाल, भूटान, म्यानमार र बंग्लादेशसँगको सामाजिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने बताएका छन् । त्यस्तै, भारतको एक्ट इस्ट पोलिसीलाई पनि सशक्त बनाउने जनाएका छन् ।

त्यस्तै, मोदीले विगत ६ वर्षदेखि उत्तरपूर्वी क्षेत्रमा संरचना निर्माणमा हजारौं करोड लगानी भइरहेको बताए । उनले सडक, हवाई, जल र आई (इन्टरनेट)मार्गसँगै ग्यास पाइपलाइनका लागि पनि आधुनिक संरचना उत्तरपूर्वी क्षेत्रमा निर्माण भइरहेको बताएका हुन् ।

उत्तरपूर्वी क्षेत्र प्राचीन सांस्कृतिक सम्बन्ध र भविष्यको ट्रेड, ट्राभल र टुरिजमको सम्बन्धको गेटवे हुने विश्वासका साथ मणिपुरसहित पूरै उत्तरपूर्वी क्षेत्रमा कनेक्टिभिटी र संरचना निर्माणलाई निरन्तरता दिइने मोदीको भनाइ छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्