Wednesday, September 30

इतिहाँसकै महंगो भयो सुन, अत्यधिक महंगो हुँदा किन्ने भन्दा बेच्ने बढे

July 23, 2020 178

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन इतिहाँसकै महंगो मूल्यमा कारोबार भइरहेको छ । बिहिबार सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर हालसम्मकै नयाँ विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मुल्य प्रतितोला ९४ हजार ५ सयमा पुगेर नयाँ रेर्कड कायम गरेको हो ।महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै सर्वाधिक हो ।

यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु।९४ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य पनि बढेर प्रतितोला ११ सय ४५ रहेको छ।

प्रतिकृया दिनुहोस्