Tuesday, September 29

रुपन्देहीमा एउटै परिवारका सात जनामा कोरोना संक्रमण

May 14, 2020 259

रुपन्देही,बुधबार एकै दिन २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।थपिएका मध्ये रुपन्देहीमा १२ जना रहेका छन् । रुपन्देहीमा संक्रमित १२ मध्ये ७ जना कोरोना संक्रमित एउटै परिवारका रहेको खुुलेको छ। तीमध्ये १० जना गैडहवा गाउँपालिकाका रहेकामा ७ जना एउटै परिवारका हुन्। उनीहरू सबै लुुकिछिपी भारतको मुुम्बईबाट आएका थिए। बाँकीको ठेगाना खुल्न नसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए। १२ जना यसअघि नै भैरहवास्थित भीम अस्पतालको आइसोलेनसमा भर्ना भएका थिए।

गाउँपालिकाबाट पछिल्लो समय ४० जनाको स्वाब संकलन गरेर पठाइएकोमा १० जनाको रिपोर्ट पोजेटिभि आएको गाउँपालिकाका अध्यक्ष बच्चुुलाल केवटले जानकारी दिए। नेपाल प्रवेश गरेर आउन साथ क्वारेन्टाईनमा राखिएको थियो । यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ। यस अघि संक्रमित पनि भारतबाटै लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए। त्यस्तै वीरगञ्जस्थित नाराणी अस्पतालमा कार्यरत एक जना नर्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालमा कायर्यरत एक स्वास्थ्यकर्मीका अनुसार ३६ वर्षीय नर्सलाई कोरोना भाइरसको संक्रमण देखिएको हो।

संक्रमण देखिएको नर्सको अवस्था सामान्य छ। उनमा हालसम्म कुनै पनि लक्षण पनि देखिएको छैन। यसअघि उनी संक्रमितको उपचारमा सक्रिय थिइन्। अस्पतालमा हाल ७० जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ। उपचाररत सबैको अवस्था सामान्य रहेको बताइएको छ। बुधबार ती नर्ससहित नेपालमा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।नेपालमा स्वास्थ्यकर्मीलाई कोरोना देखिएको यो दोस्रो हो।

प्रतिकृया दिनुहोस्