Saturday, December 5

भारतमा टिकटकमाथि प्रतिबन्ध लागेपछि तनावमा सेलिब्रेटी, मलाइकाले यस्तो प्रतिक्रिया दिएपछि फ्यान रिसले बने आगो

July 21, 2020 198

काठमाडौ, साउन ६ । चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ ।

टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्याँक चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गरेको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाएपछि बलिउड अभिनेत्री मलाइका अरोराले खुशी व्यक्त गरेकी छिन् । उनले हालै इन्स्टाग्राममा तस्विर शेयर गर्दै आफूलाई खुशी लागेको बताएकी छिन् ।
उनले अब ‘टिकटकमा आश्चर्यलाग्दा भिडियोहरु हेर्ने नपर्ने बताएकी छिन् । टिकटक चीनको बाइट–डान्स कम्पनीले निर्माण गरेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको भारत सरकारले सोमबार अबेर ५९ वटा चिनियाँ मोबाइल एप्समाथि एकैसाथ प्रतिबन्ध लगाएको थियो जसमा टिकटक पनि समावेश छ । भारतमा टिकटकका करिब एक करोड २० लाख प्रयोगकर्ता छन् । टिकटकका चीन बाहेक सबैभन्दा बढी ग्राहक भारतमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्