Wednesday, October 28

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज मात्रै ८ जनामा कोरोना संक्रमणको पुष्टी

July 21, 2020 143

काठमाडौं । काठमाडौं उपत्याकामा मंगलबार मात्रैं थप ९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका ८ र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा थप ६ सय ९ जना कोरोनालाई जितेर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ९ जनाले कोरोना जितेर घर फर्केका हुन् । योसँगै निको हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ।पछिल्लो २४ घण्टामा २७ परीक्षण केन्द्रमा ३ हजार ९६३ जनाको पीरीआर परीक्षण गरिएको थियो।

प्रतिकृया दिनुहोस्