Friday, September 25

साइकल चोरेरै भक्तपुरमा तीन तले घर, यिनको चोर्ने तरिका देखेर प्रहरी पनि चकित !

July 21, 2020 200

काठमाडौं । प्रहरीलाई नै छक्क पार्ने एउटा घटना काठमाडौंमा खुलासा भएको छ । एक युवकले साइकल चोरेरै भक्तपुरमा तीन तलाको घर बनाए भन्ने सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । सुरुमा प्रहरीलाई पनि यो वास्तविकता विश्वास गर्न कठिन भएको थियो । प्रहरीले ६ महिना देखि काठमाडौं र आसपासका साइकल चोरी गर्ने ब्यक्तिको खोजीमा लागेको थियो । तर लकडाउन पछि साइकल हराउने क्रम झन बढ्यो । प्रहरीलाई थप चुनौती बढ्यो ।

तर जव एउटा सिसीटिभी फुटेजमा देखिएको भिडियोको सहारामा प्रहरी ति साइकल चोरी गर्ने ब्यक्ति समक्ष पुग्यो पत्याउनै नसक्ने वास्तविकता खुलेको छ । ति युवाले साइकल चोरेर तिन तले घर समेत बनाइसकेका छन् । अहिले उनको घरको तेस्रो तलाको काम धमाधम भइरहेको छ । ति युवा हुन् सर्लाही घर भएका रमेश माझी उर्फ सुरेश ।

अहिले उनले चोरेका महंगा साइकल महानगरीय प्रहरी वृत नयाँ बानश्वर वृत्तमा लहरै राखिएका छन् । उनी हिरासतमा छन् । उनले काठमाडौंमा सडक र पार्किगं स्थलमा राखिएका महंगा साइकल चोरी गर्ने गरेका छन् । उनको यो सिलसिला निकै लामो समय देखि चलिरहेको प्रहरीले जनाएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–५ घर भएका सुरेशको चो री गर्ने तरिका पनि अचम्मको छ । उनी विहानै घरवाट निस्कदा दुईवटा पेचकस लिएर निस्कन्छन् । साइकल भएको ठाउँमा जान्छन् उनलाई ति साइकलको लक खोल्न २ मिनेट पनि लाग्दैन । महंगो साइकलको लक खोल्छन् अनि त्यही साइकल चढेर आरामले हिड्छन् । उनले त्यसरी चोरी गरेको साइकल बेच्ने ठाउँ पनि पत्ता लगाएका छन् ।

अहिले उनी भक्तपुरमा बस्छन् । उनको घरच्याम्हासिंहमा छ । उनले कम्तीमा ७० हजार देखि २ लाख मुल्य पर्ने साइकल चोरेर भक्तपुर नगरपालिका–९ मा लक्ष्मी सुन्दर वासुले सञ्चालन गरेको ‘सुन्दर मोटरसाइकल वर्कशप’ मा बेच्ने गरेका छन् । सो वर्कसपमा पनि २४ वटा साइकलका लक प्रहरीले फेला पारेको छ ।

पक्राउ परेपछि आफ्नो घर देखाउन आनाकानी गरेका सुरेशले अन्त्यमा प्रहरीलाई आफ्नो घर देखाए । उनको घर देखेर प्रहरी छक्क परे । ४४ वर्षका सुरेशको च्याम्हासिंहमा रहेको घरमा अहिले तेस्रो तलाको काम भइरहेको । प्रहरी अनुसन्धानमा सुरेशले साइकल चोरी गरेरै तीन तला घर बनाएको खुलेको छ । उनको त्यती ठूलो घर बनाउने अन्य कुनै आम्दानी नदेखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्