Wednesday, September 23

कोरोनाभाइरसले देखायो आफैं समाप्त हुने लक्षण, २००३ मा यस्तै भएपछि सार्स पनि हराएको थियो

May 14, 2020 1384

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रमित बिरामीको नभूना परीक्षणमा पाइएको छ । त्यो नमूना परीक्षणमा भाइरसको जेनेटिक म्याटेरियलको एउटा हिस्सा गायब भएको पाइएको छ । भाइरसको जेनेटिक म्याटेरियल हराएको यस्तो घटना २००३ मा सार्स महामारी फैलिएपछि पनि देखिएको थियो । त्यसपछि विस्तारै सार्स महामारी समाप्त हुन थालेको थियो ।

डेलीमेलको रिपोर्ट अनुसार वैज्ञानिकहरुले भाइरसमा जुन परिवर्तन देखेका छन् यसबाट मानवमा भाइरस संक्रमण कमजोर हुँदै गएको संकेत प्राप्त हुन्छ । यद्यपि यसको लागि अन्य स्थानको नमूनामा पनि यस्तै किसिमको परिवर्तन देखिनु आवश्यक हुन्छ । सार्स महामारीको क्रममा २००३ मा जब भाइरसको यस्तै किसिमको म्युटेशन बढ्न थालेको थियो त्यसपछि महामारी समाप्त हुन थालेको थियो । यद्यपि सार्स यति ठूलो परिमाणमा विश्वभर फैलिएको थिएन ।

एरिजोना स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुलाई विश्वास छ कि यदि ठूलो परिमाणमा भाइरसको जिनोम सिक्वेन्स गर्ने हो भने यस्ता परिणाम अन्य स्थानबाट पनि पाइन सकिन्छ । अहिले भने कोरोनाभाइरस संक्रमणका केसहरु विश्वभर बढिरहेका छन् । अहिलेसम्म ३६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । अढाइ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । अमेरिकामा मात्र ११ लाख ८० हजार भन्दा बढी संक्रमित भइसकेका छन् । ६८ हजार ९ सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्