Wednesday, September 30

श्रीमानको श’वलाई ठेलामा राखेर मसानघाट पुर्‍याइन्, कसैले गरेनन् सहयोग

July 20, 2020 123

काठमाण्डौ – को’रोनाको त्रास । डरको अगाडि मानवता कसरी मौन हुन्छ भन्ने कुरा भारतको कर्नाटकमा भएको एक घटनाले देखाएको छ । कर्नाटकको बेलगाम जिल्लाबाट मन चसक्क घोच्ने भिडियाे बाहिर आएको छ। एक महिला ठेलामा श्रीमानको श,वलाई बोकेर अन्तिम संस्कारको लागि जाँदैछिन् । सबैलाई को’रोना भाइरसको डरले सताइरहेको थियो, त्यसैले ती महिलालाई सहयोग गर्न कोही पनि अघि सरेनन् ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार आफ्ना दुई छोरालाई साथमा लिएर ती महिला लोग्नेको श,वलाई ठेलामा बोकेर अन्तिम संस्कारको लागि गएकी हुन् । स्थानीयबासिन्दाले बताए अनुसार ती महिलाको परिवारमा आर्थिक समस्या छ । एम्बुलेन्समा लैजानको लागि पैसा नभएका कारण उनले त्यसरी ठेलामा राखेर लगेकी हुन् ।

ती महिलाका ५५ वर्षीय श्रीमान् सदाशिव हिरत्तीको घरमै ज्यान गएको हो।मुटु सम्बन्धी बिमारीका कारण उनको ज्यान गएको बताइएको छ। एकजना स्थानीयका अनुसार ती महिलाले सहयोग माग्दा कसैले सहयोग नगरेपछि श्रीमानको शवलाई कपडामा बेरेर अन्तिम संस्कारको लागि लगेकी हुन् । भिडीयो यहाँ लिंकमा छ ।

प्रतिकृया दिनुहोस्