Tuesday, December 1

कोरोना जितेर ५ हप्ता पछि माइलो भाइ घर फर्के, गायक प्रकाश सपुतले यसरी साटे खुशी

July 20, 2020 278

काठमाण्डौं- चर्चित गायक प्रकाश सपुत सपुले आफ्नो माइलो भाइले करिब ५ हप्ता पछि को’रोना जितेर फर्केको जानकारी गराउदै सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेखेका छन् । गत जेठ अन्तिममा भारत बाट नेपाल आएर सिधै क्वारेन्टाईनमा बसिरहेको थियो २ हप्ता पछि टेस्ट गर्दा कोरोना पोजेटिभ देखियो र आईशुलेशनमा राखिएको थियो ।

उनले लेखेका छन्- करिब ५ हप्ता पछि को’रोना जितेर मेरो २७ वर्षीय माईलो भाई रमेश हिजो घर फर्किएको छ । गत जेठ अन्तिममा भारत बाट नेपाल आएर सिधै क्वारेन्टाईनमा बसिरहेको थियो २ हप्ता पछि टेस्ट गर्दा कोरोना पोजेटिभ देखियो र आईशुलेशनमा राखियो ! आईशुलेशनमा राखेको १ हप्ता पछि दोस्रो टेस्ट गर्दा पनि पोजेटिभ देखिए पछि थप २ हप्ता पुन: आईशुलेशनमा बसेर तेस्रो पटकको जाचमा को’रोना नेगेटिभ देखिए पछि घर फर्किएको हो ।

यो बिचमा म र हाम्रो परिवार कुन मान सिकतामा गुज्रियौ होला ? अझै हाम्रो बाबा , आमा र बुहारी सिर्जनाको हृ’दय कति पोल्यो होला त्यसको मापन गर्न सकिदैन । संसार भरि फैलिएको कोरोना क़हर मेरो जिवन र हाम्रो परिवार मा निकै गहिरो गरि पस्यो ।शारिरिक, मानसिक र व्यवसायिक रुपमा पनि भित्रै सम्म । तर यसलाई भाईले शारिरिक रुपमा र हामीले मानसिक र व्यवहारिक रुपमा पनि जित्ने प्रयास गरिरहयौ ।

मैले अरु भाईहरसंग मिलेर यो समयलाई ज़बरजस्ती रचनात्मक बनाउने प्रयास गरे,परिवारलाई सकरात्मक बन्न प्रेरित गर्यौ, संक्रमित भाईलाई आत्मबल बलियों बनाउन हौसायौ अन्तत अहिले सबै ठिकठाक भयो। को’रोना रोग र यसले उत्पन्न गरेका सबै समस्याहरु लाई पराजित गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण भाई रमेश, म र मेरो परिवार हुन सक्छौ । सजिलो छैन तर सम्भव रैछ ।

त्यसैले सकरात्मक बनौ । शारिरिक र मानसिक रुपमा बलियो बनौ । माया बाडौ ! भाई भारत बाट फर्किन सहयोग गर्ने गाउले दाईहरु बाल कृष्ण निउरे, युवा नेता कुल बहादुर बिक, सिमानामा सहज बाताबण बनाई दिने बुटवलका युवा व्यवसायि पदम केशी, असई सुवास थापा लगायत सिमानामा तैनाथ सुरक्षाकर्मिहरु, क्वारेन्टाईन व्यवस्थापन गर्ने काठे खोला गाउ पालीका, नियमित स्वास्थ्य जाँच र आईशुलेशनको व्यवस्थापन गर्ने धौलागीरी अञ्जल अस्पताल, बागलुङ नगरपालीका, नेपाल सरकार, गण्डकि प्रदेश सरकार लगायत सबै सबैलाई धन्यबाद र कृतज्ञ ।

व्यक्तिगत रुपमा भाईको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी गराउदै चिन्ता नगर्न प्रेरित गर्ने काठेखोला गाउपालीकाका प्रमुख प्रशासकीय अधिकृत गाउकै एक प्रेरक दाई खिम विश्वकर्मा , हामीलाई काठमाण्डौ फर्किन सहजि करण गर्ने दिल शिरिष दाई, केशव लामिछाने सर, सज्जन सिङ दाई , काठमाण्डौ फर्के पछि मेरो यो अत्यन्त शुन्य र निरस समयमा साथी भएर साथ दिने कान्छो भाई सुनिल र विराज थापा दाई प्रति हृदय देखि धन्यबाद ।

आज देखि मानसिक रुपमा अल्ली सामान्य भएको छु । अब केहि गर्नुपर्छ । अरु केहि नगरे पनि हामी सबै मिलेर यो परिस्थितिलाई सकरात्मक र उर्जाशिल बनाउनु पर्छ है । अनि भाई रमेश ! मिस यु यार । तिमी संग बेस्सरी अंगालो मार्ने मन छ । छिट्टै भेटेर बच्चामा दुईभाई झगड़ा गरेको सम्झेर हास्नु पर्छ है ।लभ यु ब्रो

प्रतिकृया दिनुहोस्