Sunday, September 27

अविरल वर्षासँगै खसेको पहिरोले पाल्पा रामपुरमा पहिरोले दुई घर पुरिए, पहिरो खसेको थाहा पाए लगत्तै भागेर ज्यान बचाए मानिसले

July 20, 2020 119

पाल्पा- पाल्पा रामपुरमा पहिरोले दुई घर पुरिए का पुरिएका छन् । अविरल वर्षासँगै खसेको पहिरोले रामपुर नगरपालिका–१, स्यालीबजारमा पहिरोले दुई पुरिएका छन् । लक्ष्मी मल्ल र गमबहादुर मल्लको घर पहिरोले पुरेको हो ।त्यस्तै तीन घर जोखिममा परेको बताइएको छ । पहिरो खसेको थाहा पाएर मानिसहरु भागेर आफ्नो ज्यान बचाउन सफल भएका छन् ।

स्याउलीबजारदेखि मित्याल जाने सडक चौडा गर्ने क्रममा जथाभावी फ्याँकेको ढुंगामाटोका कारण ५ घर जोखिममा परेको बताइएको छ । त्यस्तैरम्भा गाउँपालिका केन्द्र खोकखोला जाने सडकमा पनि ठूलो पहिरो खसेको छ । जिल्लाका ग्रामीण सडकमा पनि अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्