बुधबार ०७ माघ २०७७

आज – २४ पौष २०७७ शुक्रवार को राशिफल
Daily

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला । स्वादिष्ट भोजन पाईनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफलता पाईनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । सांगितीक क्षेत्रमा रुची पनि बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्वास्थ्यमा प्रति सजक रहनु पर्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउन सक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया