Tuesday, September 29

पहिरोले आबुखैरेनी-गोरखा सडक अवरुद्ध, घर पुर्‍यो

July 20, 2020 136

गोरखा : पृथ्वी राजमार्गको आबुखैरेनीदेखि गोरखा बजारसम्मको सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गएराति अविरल वर्षापछि राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । उक्त सडक खण्डको गोरखा नगरपालिका-१३ मा पर्ने तीनकिलो, मजुवा, आठकिलोलगायतका ठाउँमा पहिरो गएपछि सडक पूर्णरुपमा बन्द भएको छ ।

पहिरोका कारण तीनकिलोमा भीमबहादुर मगरको घर र एक खानेपानी ट्यांकी पनि पुरेको स्थानीय देवी मगरले जानकारी दिएका छन् । डोजरले पहिलो पन्छाउने काम भइरहेको र पहिरो पनि खसिरहेका कारण सडक कतिखेल खुल्छ भन्ने यकिन भएको छैन ।

अजिरकोट गाउपालिका-४ माउसुलिपाखाका रामबहादुर मगरको घर पहिरोले बगाएको स्थानीय लालबहादुर गुरुङले जानकारी दिएका छन् ।
source:Annapurna Post

प्रतिकृया दिनुहोस्