Friday, September 18

काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकालाई संक्रमण देखिएको

May 14, 2020 250

काठमाडौँ । नेपालमा आज बिहानै २ जनामा कारोना पुष्टि भएको छ । नयाँ कोरोना पुष्टि हुनेहरुमा काठमाडौँको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोारेना संक्रमितको संख्या २४५ पुगेको छ ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताका डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

हाल उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।

नेपालमा भेट्टिएका कोरोना संक्रमित मध्ये ३५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस्