Monday, October 26

यो साउनको पहिलो सोमबार नखुल्ने भयो पशुपति, यसरी गर्नुपर्ने भयो दर्शन

July 19, 2020 174

४ साउन, काठमाडौंः हरेक वर्ष जस्तो यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथको दर्शन गर्न भक्तजनहरुले नपाउने भएका छन् । साउन ७ गतेसम्म सरकारले जारी गरेको लकडाउन कायम नै रहेकाले यस वर्षको सोमबार पशुपतिको दर्शन गर्न भक्तजनहरुले नपाउने भएका हुन् ।

पशुपति विकास कोषका अनुसार पशुपतिनाथको मन्दिरलाई तत्काल खुल्ला गर्ने निर्णय नभएकाले पहिलो सोमबार मन्दिर नखुल्ने भएको हो । मन्दिर खुल्ला गर्ने निर्णय सरकारले अहिलेसम्म नगरेकाले साउनको पहिलो सोमबार पशुपति नखुल्ने भएको छ । यो वर्ष दर्शनार्थीहरुले बाहिरैबाट दर्शन गर्नुपर्ने भएको छ ।

सरकारले लकडाउनलाई केही खुल्ला गरेसँगै विभिन्न क्षेत्रहरु विस्तारै खुल्ला हुँदै छन् । तर, भडिभाड हुने मन्दिरलाई अहिले नै सरकारले खोल्ने सुचिमा राखेको छैन ।
source:OSnepal

प्रतिकृया दिनुहोस्