Wednesday, October 21

डिउटीमा खटिएको प्रहरीमाथि हातपात गर्ने २ जना पक्राउ, घटनामा घाइते १ जना प्रहरी कर्मचारीको सिभिल अस्पतालमा उपचार हुँदै

July 19, 2020 144

काठमाडौं -काठमाडौं महानगरपालिका(३१ ठुलो खरिबोटस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय कुमार रोक्का लगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा मादक पादार्थ सेवन गरी हो-हल्ला गर्दै मानिसहरु हिँडेको भन्ने खबर प्राप्त हुनासाथ देउराली बिटबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी टोली माथिनै गाली गलौज गरी हातपात समेत गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा घाइते भएका १ जना प्रहरी कर्मचारीको सिभिल अस्पताल मिनभवनमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
source:OSnepal

प्रतिकृया दिनुहोस्