Thursday, September 24

चीनको राजधानी बेइजिङमा १३ दिनदेखि कोरोना संक्रमण शून्य, प्रतिबन्ध भने धेरै ठाउँमा कायमै

July 19, 2020 108

एजेन्सी, ४ साउन । चीनको राजधानी बेइजिङमा विगत १३ दिनदेखि कोरोना भाइरस संक्रमणको कुनै घटना नदेखिएको जनाइएको छ । बेइजिङका एक अधिकारीले आइतवार भनेका छन, अब कोरोना भाइरस रोकथामका लागि बेइजिङमा आपतकालीन रोक लगाइनेछ ।
यद्यपि धेरै प्रतिबन्धहरू अझै लागु हुनेछन् । ग्लोबल टाइम्सको रिपोर्टका अनुसार ५० प्रतिशत आगन्तुकहरू मात्र संग्रहालय, जिम र पुस्तकालयको भ्रमण गर्न सक्षम हुनेछन्। प्रदर्शनी, खेल प्रतियोगिता र अन्य गतिविधिहरु पनि बिस्तारै सुरू गरिनेछ । सबै विदेशी पर्यटकहरूलाई परीक्षणको साथसाथै मेडिकल सुपरिवेक्षणमा राख्नुपर्ने र क्वारेन्टाइन गर्नुपर्ने प्रावधान लागू गरिने छ ।

आइतबार सिनजियांग प्रान्तमा कोरोना संक्रमणको १३ नयाँ घटनाहरू रिपोर्ट गरिएको छ । शनिबार प्रान्तीय राजधानी उरुमकीका एक अधिकारीले एक मिडिया ब्रीफिंगमा भनेका थिए, पूरा शहर कोरोनाबाट युद्धको मैदानमा लडिरहेको छ त्यसैले सबै सामूहिक गतिविधिमा प्रतिबन्ध लगाइनेछ ।

सिनजियांग प्रान्तमा घरमा आउने पाहुनाहरूको संख्या र ठूलो संख्यामा मानिस भेला हुन नदिन प्रतिबन्ध लगाइएको छ । भवनमा कोरोना भाइरस संक्रमणको कुनै मामिला भएमा मास स्क्रीनिंग अनिवार्य गरिएको छ।

सिनजियांग प्रान्तका मानिसहरूलाई यो महत्त्वपूर्ण नभएसम्म शहर छोडेर बाहिर नजान भनिएको छ। यदि शहर बाहिर जान आवश्यक छ भने पहिले परीक्षण गर्नुपर्ने जनाइएकोे छ ।
source:News24 Nepal

प्रतिकृया दिनुहोस्